Techie IT
आईतबार, वैशाख ७,२०८२

योगेश भट्टराईको अभिव्यक्तिले नेकपाका कार्यकर्ता निराश


काठमाडौं, ३ मंसिर । नेकपाका नेता एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले पार्टीभित्रको अन्तरद्वन्द्वलाई लिएर चिन्ता जनाएका छन् ।

मन्त्री भट्टराईले बुधबार बिहानै स्टाटस लेखेर ‘सर्वाधिक कठिन समय’ भनेका छन् । सचिवालयको बैठक बस्ने तयारी भइरहेका बेला भट्टराईको यो अभिव्यक्तिले पार्टी विभाजन हुने हो कि भन्ने आशंक जन्माइदिएको छ ।

नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले सचिवालयको बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनले सरकार र प्रधानमन्त्री ओलीविरुद्ध व्यक्ति आक्षेप लगाएको छ । सो प्रतिवेदन फिर्ता गर्न दाहाललाई दवाव छ ।

ओली पक्षीय नेताहरूले दाहालको प्रतिवेदनलाई ‘अभियोग पत्र’को संज्ञा दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #योगेश भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545