कागेश्वरी पुस्तकालयमा महाकवि लक्ष्मीप्रसा देवकोटाको शालिक
कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हास्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको पूर्णकदको शालिक निर्माण भएको छ ।
देवकोटाको शालिक एक वर्षअघि नै तयार गरिए पनि अर्याल र विकलको शालिक हालै तयार गरिएको हो । ११२ औँ लक्ष्मी जयन्तीका अवसरमा साहित्यकार एवं नेपाल कम्युनिष्ट पार्टीका नेता प्रदीप नेपालले तीनै स्रष्टाको शालिकमा माल्यार्पण गर्नुभयो ।
कागेश्वरी पुस्तकालयको व्यवस्थापन र आयोजनामा भएको कार्यक्रममा नेता नेपाल, प्रतिनिधिसभाका सदस्य कृष्ण राई, वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालगायतले पुस्तकालयमा तीन स्रष्टाको शालिक स्थापना भएपछि साहित्यिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।
स्मारकको निर्माणको परिकल्पना मन्त्री फुयाँलले गर्नुभएको हो । प्रदेश सरकारबाट आर्थिक वर्ष २०७५/७६ मा रु ४० लाख विनियोजन गरेर शान्ति उद्यान र देवकोटा शालिक निर्माण शुरु गरिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा रु २९ लाख विनियोजन गरेर बाँकी दुई साहित्यकारको शालिक निर्माण गरिएको हो ।
यसअघि १०९ औँ लक्ष्मी जयन्तीका अवसरमा नेता फुयाँलसहित नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती र १०१ साहित्यकारले रु एकका दरले चन्दा दान गरेर तीन जना साहित्यकारको पूर्णकदको अष्टधातुको प्रतिमा निर्माणको शिलान्यास गरिएको थियो ।
स्मारकको निर्माण यही वर्ष सम्पन्न भए पनि कोरोना महामारीका कारणले औपचारिक उद्घाटन नगरिएको फुयाँलले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #कागेश्वरी पुस्तकालयमा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्