मोटरसाइकल चोरहरुमाथि चितवन प्रहरीको एक्सन : सात जना पक्राउ

चितवन । चितवन प्रहरीले मोटरसाइकल चोरी गर्ने एक समूहलाई पक्राउ गर्न सफल भएको छ । जिल्लाको विभिन्न स्थानहरुबाट विभिन्न समयमा चोरी भएका मोटरसाइकल सहित चोरीको मोटरसाइकल खरिद गर्ने ७ जनालाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेहरुमा बाराको करैयाँमाइ गाँउपालिका वर्डा नम्बर ५ घर भई हाल पुर्वी चितवनको खैरहनी नगरपालिका वर्डा नम्बर ९ बस्ने बर्ष २८ को विजय चौधरी, सोही ठाउँ घर भई हाल भरतपुर महानगरपालिका – ३ बस्ने बर्ष १९ को राकेश चौधरी, बारा कोल्हवी नगरपालिका वर्डा नम्बर ७ बस्ने बर्ष २४ को महेश चौधरी, भरतपुर महानगरपालिका वर्डा नम्बर २ बस्ने बर्ष २६ को दिनेश गुरुङ र भरतपुर महानगरपालिका ११ बस्ने बर्ष २५ को मनोज दराई रहेका छन् । उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका तीन वटा र बेवारिसे अवस्थामा रहेको चारवटा मोटरसाइकल बरामद गरेको छ ।
त्यस्तै, चोरीको मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका वर्डा नम्बर १२ बस्ने बर्ष २४ को समिर चौधरी, सोही ठाउँ बस्ने बर्ष २८ को अमृत चौधरीलाई समेत पक्राउ गरेर आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) नान्तीराज गुरुङले जानकारी दिए । चोरी भएका मोटरसाइकलहरुको खोजतलास गर्ने क्रममा प्रहरी आफैं ग्राहक बनेर चोरसम्म पुग्न सफल भएको हो ।
पक्राउ परेकाहरु माथि लगाइएको आरोप प्रमाणित भए मुलुकी अपराधसंहिता, २०७४ परिच्छेद २० को चोरी तथा डाँका सम्बन्धी कसुर अन्तरगत दफा २४१ उपदफा १, २ बमोजिम कसुर, मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिम ३ वर्ष कैद र तीस हजार रुपैयाँँ सम्म जरिवाना सजाय वा मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २० दफा २४६क बमोजिम चोरी गरेको बस्तु वा सम्पत्ती जानी- जानी किन्ने बेच्नेलाई थप १बर्ष कैद वा रु दश हजार जरिवाना वा दुबै सजाय हुने ब्यवस्था रहेको एसपी गुरुङले बताए ।
यसरी सफल भयो चितवन प्रहरी ।
गत, कार्तिक १६ गते भरतपुर महानरपालिका वडा नम्बर १० स्थित भाटभटेनी सुपर स्टोर अगाडी पार्किङबाट भरतपुर महानगरपालिका वर्डा नम्बर २९ बस्ने सफल क्षेत्रीको प्रदेश ०३-०२-००९ प ६८२९ नम्बरको सेतो KTM (DUKE) २०० सि.सि.को मोटरसाईकल चोरी भएको थियो । मोटरसाइकल चोरी भएपछि खोजतलास गर्ने क्रम्मा प्रहरीले बाराको करैयाँमाइ गाँउपालिका वर्डा नम्बर ५ घर भई हाल पुर्वी चितवनको खैरहनी नगरपालिका वर्डा नम्बर ९ बस्ने बर्ष २८ को विजय चौधरीले चोरी गर्ने गरेको खुलेको थियो ।
त्यस्तै, गत कार्तिक १८ गते भरतपुर महानरपालिका वर्डा नम्बर ७ कटहरचोक स्थित सडकमा चोरी भएको उक्त प्रदेश ०३-०२-००९ प ६८२९ नं.को सेतो KTM (DUKE) २०० सि.सि. मोटरसाईकल सहित बारा कोल्हवी नगरपालिका वर्डा नम्बर ७ बस्ने बर्ष २४ को राकेश चौधरीलाई पक्राउ गरेकोमा उनले बाराका बिजय चौधरी र महेश चौधरी सँग समेत मिलेर चोरी गर्ने गरेको भन्ने बयान दिएपछि उनीहरुलाइ समेत सोही दिन भरतपुर महानरपालिका वडा नंम्बर १० चौबिसकोठीबाट पक्राउ गर्न प्रहरी सफल भएको थियो । उनीहरुको मिलोमतोमा कार्तिक ११ गते भरतपुर महानरगपालिका वडा नम्बर ११ नहरचोक पावर हाउस टोलस्थित घर अगाडी रोकिराखेको रेख बहादुर थापाको ना ५३ प ९७६४ नंम्बरको २०० सि.सि. एनएस पल्सर मोटरसाईकल र सोही दिन भरतपुर महानरपालिका वर्डा नंम्बर १० मालपोत चोकबाट माडी नगरपालिका वर्डा नंम्बर ३ बस्ने तेज नारायण चौधरीको प्रदेश ०३-०३-००१ प ५२२६ नंम्बरको २२० सि.सि.पल्सर मोटरसाईकल समेत चोरी गरिएको थियो ।
उक्त चोरीका मोटरसाईकल मध्य ना ५३ प ९७६४ नम्बरको २०० सि.सि. एनएस पल्सर मोटरसाईकल बिजय चौधरीले खैरहनी नगरपालिका वडा नंम्बर ९ स्थित आफ्नो डेरा कोठामा लुकाई छिपाई राखेको र प्रदेश ०३-०३-००१ प ५२२६ नंम्बरको २२० सि.सि. पल्सर मोटरसाईकल खैरहनी नगरपालिका वडा नंम्बर १२ बस्ने अमृत चौधरी मार्फत जिल्ला सोही ठाउँ बस्ने समिर चौधरीलाई बिक्री गरेको भनी बयान दिएपछि दुबैलाइ प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै, गत कार्तिक १८ गते खैरहनी नगरपालिका ९ स्थित बिजय चौधरीको डेराबाट चोरीका ना ५३ प ९७६४ नंम्बरको २०० सि.सि. एनएस पल्सर मोटरसाईकल बरामद गरी चोरीको मोटरसाईकल खरिद गर्ने अमृत चौधरी र समिर चौधरीलाई खोजतलास गर्दै जाँदा खैरहनी १२ स्थित समिर चौधरीको घरमा उनीहरु दुबैलाई प्रहरीले फेला पारी प्रदेश ०३-०३-००१ प ५२२६ नंम्बरको २२० सि.सि.पल्सर मोटरसाईकलको पार्टपुर्जा खोलिएको अवस्थामा औजार समेत वरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्ने क्रममा बिजय चौधरी, राकेश चौधरी, महेश चौधरीले चितवन जिल्ला लगायत अन्य जिल्लाका बिभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी गरी चितवन, बारा, धादिङ, नवलपरासी लगायतका जिल्लाहरुमा लगेर बिक्री गर्ने गरेको चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङले बताए । पक्राउ परेकाहरू उपर चोरी कसुर मुद्दामा चितवन जिल्ला अदालतबाट गत, कार्तिक १८ गते थुनामा राख्ने
अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको एसपी गुरुङले बताए ।
बरामद भएका मोटरसाईकलहरुको विवरण, यस्तो छ :-
१. ग १० प ९६०७ नंम्बरको बजाज पल्सर २०० एन एस मोटरसाईकल (वास्तविक नम्बर ना ५३ प ९७६४)
२. प्रदेश ०३–०२–००९ प ६८२९ नंम्बरको सेतो केटिएम २०० सि.सि.मोटरसाईकल
३. प्रदेश ०३–०३–००१ प ५२२६ नंम्बरको २२० सि.सि. को मोटरसाईकल (पार्टपुर्जा खोलेको अवस्थामा)
४. मोटरसाइकलमा चोरीमा प्रयोग हुने औजारहरु ( मोटरसाईकलको लक तोड्ने साँचो, साँचो बनाउने मेसिन आदी ।)
वेवारिसे अवस्थामा फेला परेका मोटरसाइकलहरुः
१. बा.५६ प. ५९९५ नंम्बरको २०० सि.सि. को केटिएम मोटरसाईकल
२. ना.१८प. ६३२ नं. को १५० सि.सि. को पल्सर मोटरसाइकल
३. प्रदेश ३–०३–००१ प ३४९६ नंम्बरको १५० सि.सि. मोटरसाइकल
४. बा.८१प. ५११४ नंम्बरको २२० सि.सि. को पल्सर मोटरसाइकल
५. बा.८१प. ५११४ नंम्बरको २२० सि.सि. को पल्सर मोटरसाइकल, इन्जिन नंम्बर- MD2A13EYGHCM21866, च्याचिस नंम्बर – DKYCHM00056
मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ :-
यसैबीच, चितवन प्रहरीले गत, कार्तिक १७ गते दिउँसो साँढे तीन बजे भरतपुर महानगरपालिका वर्डा नंम्बर २ स्थित बिक्रममार्ग ड्रमपार्क मन्टेश्वरी अगाडी पार्किङ गरिराखेको कालिका नगरपालिका वर्डा नंम्बर ६ बस्ने मिलन बाबु श्रेष्ठको ना ४३ प १३१८ नंम्बरको १५० सि.सि.पल्सर मोटरसाईकल चोरी गर्ने भरतपुर महानरपालिका वडा नंम्बर ११ बस्ने दिनेश गुरूङलाई पक्राउ गर्न सफल भएको छ ।
त्यस्तै, गत कार्तिक २० गते खटिएका चितवन प्रहरी बाट खटिएको टोलीले भरतपुर महानगरपालिका वडा नंम्बर ११ नवजीवन टोल स्थित सडकमा चोरीका ना ४३ प १३१८ नंम्बरको मोटरसाईकल सहित उनलाइ पक्राउ गरेको हो । पक्राउ परेका गुरुङले मोटरसाईकल चोरी गर्ने कार्यमा मनोज दराईको समेत संलग्न रहेको भनी बताएपछि खोजतलास गर्दै जाँदा मालपोत चोकबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरू उपर चोरी कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको एसपी गुरुङले बताए । उनीहरुमाथी आरोप प्रमाणित भएमा मुलुकी अपराधसंहिता, २०७४ परिच्छेद २० दफा २४१ उपदफा १, २ बमोजिम कसुर र मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिम ३ वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना सजाय हुने ब्यवस्था रहेको छ ।
बरामद मोटरसाईकलहरु :-
१. ना ४३ प १३१८ नंम्बरको १५० सि.सि. पल्सर मोटरसाईकल
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्