तिनपिप्लेमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं ३ तिनपिप्लेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न अस्पतालहरुमा फ्रेस ब्लडको अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक तिनपिप्ले टोलविकास संस्थाका प्रतिनिधि बासुदेव घिमिरेले साझापाना अनलाइनलाई बताए ।
नेपाल रेडक्रस सोसाईटि बालाजु उपशाखा मार्फत हिमालय हस्पिटल र वि एण्ड वि ट्राभल्स को प्रायोजनमा ४२ जनाले रक्तदान गरेका छन ।
तिनपिप्ले टोलविकास संस्थाले यसअधि पनि विभिन्न किसीमका समाजिक कार्य तथा नागरिकका सरोकारसंग सम्बन्धित विभिन्न किसीमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तिनपिप्लेमा रक्तदान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्