Techie IT
शुक्रबार, वैशाख ५,२०८२

नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ । यो घोषणा गरेको समयमा नेपालमा त्यतिखेर करीब ५१ लाख ७३ हजार ९७७ जना निरक्षर रहेका थिए भने अहिले दुई लाख ९७ हजा ९४३ जना मात्र निरक्षर रहेको अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले जनाएको छ । त्यसताका नेपालमा साक्षरता ४३ प्रतिशत थियो भने अहिले करीब साक्षर देश घोषणा हुन सक्ने अवस्थामा पुगेको केन्द्रका उपसचिव बालकृष्ण गैरले जानकारी दिनुभयो । ‘साक्षर बनौँ, साक्षर बनाऔँ’ साक्षर नेपाल अभियानमार्फत थालिएको विद्यार्थी भर्ना अभियानमा मोरङ जिल्लाले हासिल गरेको सफलताबाट नै आउँदो भदौ ३१ गते साक्षर जिल्ला घोषणा गर्ने अवस्थामा पुगेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख राजकुमार थापाले बताउनुभयो । घोषणा हुने आधार ९६.५९ प्रतिशत साक्षरता प्रतिशत पूरा गरेकाले साक्षर जिल्ला घोषणा गर्न अहिलेदेखि नै तयार गरिरहेको शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख थापाको भनाइ छ । गाउँपालिकामा केराबारी, ग्रामथान, मिक्लाथुङ र पथरीशनिश्चरे नगरपालिकामा शत्प्रतिशत साक्षर रहेको र केही गाउँपालिका एवं नगरपालिका साक्षर जिल्ला घोषणा हुने मापदण्डभित्र नपरे पनि ती गाउँपालिका र नगरपालिकामा साक्षर अभियान जारी नै रहने बताइएको छ ।
त्यसै गरि
असार–३२ गते मोरङ जिल्ला पुुर्ण खोप शुनिश्चित जिल्ला घोषणा हुने भएको छ । जिल्ला खोप समन्वय समिति मोरङको आज वसेको वैठकले जिल्लालाई पुर्णखोप जिल्ला घोषणागर्ने निर्णय गरेको हो । १५ महिना उमेर भित्रका जिल्लाका सवै वावालिकालाई रोग विरुद्ध लडने ११ प्रकारका सवै खोप लिइ सकेको अवस्थामा पुर्णखोप शुनिश्चित जिल्ला घोषणा गर्न सकिने वाल स्वास्थ्य विभाग महाशाखाका भरत भण्डारीले वताउनुभयो । विराटनगरमा एक भव्य कार्यक्रमको आयोजनागरी पुर्ण खोप शुनिश्चित जिल्ला घोषणागर्ने तयारी भइरहेको जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले वताउनुभयो । मोरङ जिल्लमा साविकको लखन्तरी गाविसलाई पहिलो पुर्णखोप गाविस घोषणा गरिएको थियो । अहिलेसम्म ५० वटा जिल्ला पुर्णखोप शुनिश्चित जिल्ला घोषणा भइ सकेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545