Techie IT
बुधबार, वैशाख ३,२०८२

भण्डारामा प्रहरी प्रमुख गिरीको एक्सन: नक्कली नोट कारोबारीमा संलग्न थप एक जना पक्राउ


चितवन । इलाका प्रहरी कार्यालय भण्डाराले नक्कली नोट कारोबार गर्नेहरु प्रति कार्वाही अभियानलाई निरन्तरता दिदै आएको छ । भण्डाराको प्रहरी प्रमुखमा राजीव गिरीले नेतृत्व सम्हालेयता नक्कली नोट खरिद गर्नेहरु प्रति प्रहरीको कार्वाही अभियानले तीव्रता पाएको हो ।

यसैक्रम्मा गएराती ९ बजेेेेको समयमा इलाका प्रहरी कार्यालय भण्डाराले नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा भण्डाराका प्रहरी प्रमुख राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका ५ घर भई चितवनको कालिका नगरपालिकास्थित जुटपानी मन्दिर नजीकबाट ४५ वर्षीय रामबहादुर थिङलाई पक्राउ गरिएको हो ।

फरार रहेका थिङलाई प्रहरीले ३ दिनदेखी लगात्तार खोजी गर्दै आएको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका थिङ्ग झन्डै तीन बर्ष देखि कान्छी श्रीमतीसँग बस्दै आएका थिए । पछि प्रहरीले उनलाइ खोजी गरिरहेको भन्ने सुचना पाएपछ उनी जेठी श्रीमतीको शरणमा त्यहाँ पुगेका थिए । उनी त्यहाँ पुगेको आधा घण्टा भित्रै प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

यसअघि प्रहरी प्रमुख गिरीकै कमाण्डमा खटिएको प्रहरीले कार्तिक ४ गते ३ लाख २१ हजार मकवानपुर राक्सिराङ ८ बस्ने २६ बर्षीया जीत बहादुर लोप्चनलाई चितवनको राप्ती नगरपालिका ५ चौकीडाँडाबाट पक्राउ गर्न सफल भएको थियो । भने, त्यस्तै गिरीकै कमान्डमा खटिएको प्रहरीको टोलीले गत कार्तिक १३ गते मकवानपुर राक्सिराङ ८ बस्ने चन्द्रबहादुर घलानको साथबाट ३० हजार रुपैयाँ नक्कली नोट समेत बरामद गर्न सफल भइसकेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:36 am6:30 pm +0545