सुचना संकलन तथा विश्लेषण शाखा “टिकटक अभिनय” गर्ने थलो बन्दै
![](https://www.sajhapana.com/wp-content/uploads/2020/11/IMG_20201103_183200-scaled.jpg)
चितवन । नेपाल प्रहरीमा प्रहरी पोशाकको चरम दुरुपयोग हुने क्रम अझै रोकिएको छैनन् । प्रहरी आचारसंहिता बिपरित सामाजिक सञ्जालमार्फत प्रहरी पोशाक लगाएको फोटो तथा भिडियोहरु फेसबुक, ट्विटर तथा टिकटकमा भेटिन थालेपछि प्रहरी प्रधान कार्यालयले बिज्ञप्ती मार्फत उक्त सामाग्री भए तत्काल हटाउन निर्देशन दिएपनि त्यस्को अझै पालना भएको छैनन् ।
गत, असोज २२ गते बिहिबार नेपाल प्रहरीले प्रयोग गर्ने प्रहरी पोशाकको जथाभावी दुरुपयोग हुन थालेपछि प्रहरी प्रधान कार्यालयले आफ्नु गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । नेपाल प्रहरीका प्रहरी प्रवक्ता कुबेर कडायतद्वारा जारी प्रेस बिज्ञप्तीमा भनिएको छ : विभिन्न चलचित्र, टेलिचलचित्र, प्रान्क भिडियो, सांगातिक भिडियो, टिकटक, सर्ट मुभिज, टेलिभिजन तथा स्टेज कार्यक्रमहरुमा प्रहरी पोशाक प्रयोग हुन गएकोमा प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । साथै, उसले भिडियो तथा सामाग्रीहरु अपलोड भए तत्काल हटाउन समेत अपिल गरेको थियो । तर, त्यस्लो पालना भने अझै भएको छैनन् ।
हेर्नुहोस् : हेड्क्वाटरको प्रेस बिज्ञप्ती
प्रहरी पोशाकमै उक्त गतिबिधी नगर्न तथा गरेको पाइए कडा कार्वाही हुने समेत चेतावनी बिज्ञप्ती मार्फत दिइएको थियो । तर, जिल्ला प्रहरी कार्यालय चितवनमा कायारर्त एक जना प्रहरी जवानले भने हेड्क्वाटरको निर्देशन एवं परिपत्रलाई रद्दीको टोकरीमा फालेको छ ।
२०७३ सालमा पास आउट भई नेपाल प्रहरीमा प्रवेश गरेका प्रहरी जवान युवाराज गिरीले प्रहरी पोशाकमै टिकटक भिडियो बनाइ अपलोड गरेका हुन् । उनले अपलोड गरेको उक्त टिकटक भिडियो सुचना संक्रलन तथा विश्लेषण शाखामा गरिएको हो ।संगठनको आदेश र अनुरोधलाई एउटा जवानलेे चुनौती दिएर प्रहरी पोशाकमै टिकटक भिडियो बनाइ सामाजिक सञ्जालमा अपलोड गरेको भए पनि चितवनका प्रहरी प्रमुख भने मौन भएर बसेका छन् ।
प्रहरी जवान गिरी
चितवनमा कायारर्त प्रहरी जवान गिरी त एक प्रतिनिधि पात्र मात्रै हुन् । अझै पनि सामाजिक सञ्जालको दुरुपयोग गरेर फोटो तथा भिडियो अपलोड हुने क्रम रोकिएको छैन ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
ट्याग : ##चितवन #नेपालप्रहरी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्