Techie IT
आईतबार, वैशाख ७,२०८२

तारकेश्वर जंगलको हाइकिङ्गमा रमाउदै दुई मेयर


काठमाडौ । काठमाडौ महानगरपालिकाका मेयर बिध्या सुन्दर शाक्य तारकेश्वर धाम अवलोकन गरेका छन । तारकेश्वर नगरपालिकाको वडा नं २ स्थित काभ्रेस्थली शिवपुरी खण्डमा अवस्थित यो धाम सुन्दर, शान्त र हरियाली शिवपुरी निकुञ्जभित्र  छ ।

पाँचमाने देखी ऐतीहाँसीक तारकेश्वर मन्दिर जाने सडकमा अहिले धमाधम पक्की खुड्कीला , बिश्राम स्थल , भ्यूटावर बन्दै छ । धार्मीक एवं पर्यटीय गन्तब्यको रुपमा समेत परिचित यो धामको ब्यवस्थापनका लागी काठमाडौ महानगरपालिकाको तर्फबाट एक करोड र तारकेश्वर नगरपालिकाबाट एक करोड गरि दूई करोड लागतमा निमार्ण कार्य भैरहेको अवलोकन गर्ने महानगरका मेयर बिध्या सुन्दर शाक्य संगै उपमेयर हरिप्रभा खड्की , प्रमुख कार्यकारी अधिकृत , तारकेश्वरका मेयर रामेश्वर बोहरा , कार्यकारी अधिकृत शिव लम्साल लगायत जनप्रतिनिधिहरुले अनुगमन गरेका छन ।

 

महानगरका मेयर शाक्यले वनजङ्गलको शितलता सँगै चराचुरूङ्गीको आनन्दमयी आवाज सुन्न सुन्दर, शान्त र हरियालीका लागी तारकेश्वर धाम काठमाडौ नजिकको उपयुक्त गन्तब्य रहेको बताए ।

 

यसको समग्र बिकाशका लागी महानगरले पनि सहकार्य गर्ने मेयर शाक्यको भनाई छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545