ताथलीमा चाँगुनारायण नगरपालिकाकै पहिलो व्यायाम पार्क
![](https://www.sajhapana.com/wp-content/uploads/2020/11/changunarayan-municipality-office-480x250@2x.jpg)
चाँगुनारायण नगरपालिका–९, ताथलीमा नगरपालिकाकै पहिलो व्यायाम पार्क बन्ने भएको छ । बढ्दो शहरीकरणले खुला स्थान तथा खेलमैदानको अभाव हुन थालेपछि सर्वसाधारणलाई नियमित शारीरिक व्यायाम गर्न सहज होस् भन्ने हेतुले ताथलीमा खेलमैदानसँगै व्यायाम पार्क बन्न लागेको हो । ताथलीको सौडोलको करिब चार रोपनी क्षेत्रफलको सार्वजनिक जग्गामा करिब रु पाँच लाखको लागतमा व्यायाम पार्क बन्न लागेको हो ।
यसका लागि चाँगुनारायण–९ ले बजेट विनियोजन गरेको छ । पार्क निर्माणका लागि गत आर्थिक वर्ष २०७६÷०७७ मा बजेट विनियोजन गरिएको थियो । गत वर्ष बजेट विनियोजन भए पनि पार्क निर्माणका लागि उपभोक्ता समिति गठनसँगै पार्कको काम अघि बढाउने क्रममा लकडाउनको प्रभावका कारण रोकिएको थियो ।
सोही योजनाको कामले अहिले गति लिएको हो । पार्कमा हात, पाखुराका लागि, कम्मर दुखाइका लागि, खुट्टा दुखेको, पेटको तौल घटाउने र सामान्य खेलकुदका उपकरण जडान गरिने छ । युवा तथा ज्येष्ठ नागरिकका लागि लक्षित गर्दै निर्माण हुन लागेको पार्कमा जडान गरिएको उपकरणमा शारीरिक व्यायाम गर्न सकिने र त्यसले शारीरिकरूपमा स्र्फूत रहन सहयोग पुग्ने भएकाले व्यायाम पार्क निर्माणको योजना बनाएको वडाध्यक्ष गणेश त्यातले बताउनुभयो ।
पार्क निर्माणका लागि सार्वजनिक जग्गा सम्याउने काम थालिएको उपभोक्ता समितिका अध्यक्ष विकास बासुकलाले बताउनुभयो । “व्यायाम पार्क बनाउने योजना गत वर्षकै हो, लकडाउनका कारण गत वर्ष पार्कका लागि आवश्यक सामानहरु चीनबाट ल्याउनु पर्ने हुँदा समस्या भएको थियो, लकडाउन खुलेसँगै हामीले चीनबाट उपकरण ल्याएका छौँ, अब पार्क छिट्टै बन्छ”, पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बासुकलाले भन्नुभयो ।
अध्यक्ष बासुकलाले भक्तपुर नगरपालिकाका विभिन्न टोलमा व्यायाम गर्ने सामानहरु जडान गरी पार्क बनाइएको र पार्कमा बालबालिकादेखि वृद्धवृद्धासम्मले अभ्यास गरेको देखेपछि ताथलीमा पनि सो किसिमको पार्कको महसुस स्थानीयवासीले गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको बदलिँदो जीवनशैलीको कारण नसर्ने रोग, हाडजोर्नीको दुखाइ, नसासम्बन्धी रोगहरू बढ्दो छ । शारीरिक श्रमको कमीले निम्त्याएका रोग निर्मूलका लागि व्यायामको आवश्यकता महसुस गरी व्यायाम पार्क बनाउन लागेका हौँ ।”
क्याटेगोरी : समाचार
ट्याग : #चाँगुनारायण नगरपालिकाकै पहिलो व्यायाम पार्क
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्