Techie IT
बुधबार, माघ २३,२०८१

माडी प्रहरीद्वारा घरायसी हतियार सहित दुई जना पक्राउ


चितवन । माडी प्रहरीले घरायसी हतियार सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा माडी बस्ने अन्दाजी बर्ष १७ का एन्जल गुरुङ र सुपिन पन्त रहेका छन् । माडी नगरपालिका ७ बसन्तपुर बस्ने बर्ष २७ का बिरेन्द्र शाहलाई मापसे खाएर हातपात एवं दुब्यवहार गरेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट हसियाँ र खुकुरी जस्ता घरायसी हतियार समेत नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक झलक शर्माले उनीहरुलाई पक्राउ गरिएको स्वीकार गरे । उनले माडी नगरपालिका ७, कीर्तनपुर बजारमा डुकेर स्थानीय युवालाई हातपात एवं दुब्यवहार गरेको भन्ने सुचनाको आधारमा प्रहरीको टोलि घट्नास्थल पुगेको थियो । पक्राउ परेका युवकद्वयमाथी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:46 am5:48 pm +0545