Techie IT
शनिबार, वैशाख ६,२०८२

चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु


चितवन । चितवनको रत्ननगरमा गएराती बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पुर्व – पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका १० स्थित भानुचोकमा भएको सवारी दुर्घट्नामा परी एक जनाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

“सवारी दुर्घट्नामा मृत्यु भएका बस्नेत”

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका अनुसार काठमाडौंबाट काँकड्डभित्ता तर्फ जादैँ गरेको प्रदेश नम्बर ०३ – ००१ ख १९९ नम्बरको यात्रुबाहक बसले सोही दिशातर्फ जाँदै गरेको प्रदेश नम्बर ०२ – ०३ – ००२ प २८१६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरको पछाडी सवार रत्ननगर नगरपालिका २ टाँडी बस्ने २२ बर्षीया बिपिन बस्नेतको मृत्यु भएको हो ।

त्यस्तै, स्कुटर चालक सिन्धुपाल्चोक सिपापोखर गाँउपालिका ५ बस्ने अन्दाजी २३ बर्षिया राजु दंगालको भने पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्कुटरलाई ठक्कर दिने बस र चालकलाई टाँडी प्रहरीले आफ्नु नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545