माडीका प्रहरी प्रमुख झलकको एक्सन : ५७ हजार रुपैयाँँ नगद सहित ७ जना जुवाडे पक्राउ
चितवन । माडी प्रहरीले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले हिजो (बिहिबार) दिउँसो साँढे १२ बजे माडी नगरपालिका ३ ईनारबरुवा गाउँबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुको साथबाट प्रहरीले ५७ हजार ७७५ रुपैयाँ नगद समेत बरामद गरेको छ । स्रोतका अनुसार पक्राउ परेकाहरु सबै माडी नगरपालिकाका स्थानीय पुरुषहरु हुन् । उनीहरुलाई आवश्यक कार्वाहीका लागी माडी प्रहरीले आज बिहान ७:३० बजे जिल्ला प्रहरी कार्यालयमा ल्याईएको छ । पक्राउ परेकाहरुमाथि प्रचलित कानुनी व्यवस्था अनुसार कारवाही सुरु भइसकेको स्रोतले जनाएको छ ।
यसअघि पनि माडी प्रहरीले यहाँको विभिन्न स्थानहरुबाट जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न झन्डै १२ जना जुवाडेहरुलाई पक्राउ गरि कारवाही प्रक्रियालाइ अगाडि बढाएको थियो । यता, चितवन प्रहरीले समेत चाडपर्वको नाउँमा लुकिछिपी जुवातास, खडखडे (लङ्गुर बुर्जा), कौडा खेल्ने/ खेलाउने कार्य नगर्न साथै, यस्तो कहिं कतै भएको पाइए तत्कालै नजीकैको प्रहरीलाई सुचना दिएर जानकारी गराउन समेत अपिल गर्दै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : ##चितवन #माडी #जुवा #झलकशर्मा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्