Techie IT
शुक्रबार, वैशाख ५,२०८२

पासाङल्हामु राजमार्ग अवरुद्ध


गएरातिदेखि पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार कालिका गाउँपािलका– १ ग्राङ क्षेत्रमा सडक सफा गर्ने क्रममा डोजर बिग्रिएपछि सवारी आवागमन बन्द भएको छ ।

बिग्रिएको डोजर मर्मत गर्ने काम भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका १५० भन्दा बढी सवारीसाधन राजमार्गका विभिन्न ठाउँमा थन्किएका प्रजिय पौडेलले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #पासाङल्हामु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545