तारकेश्वर नगरपालिकाको १७ करोड लगानीमा प्रशासनिक भवन बन्ने

काठमाडौं । तारकेश्वर नगरपालिकामा अत्याधुनिक नगर प्रशासनिक भवन बन्ने भएको छ । नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शिव लम्सालले ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेकेदारसँग असोज २९ गते सम्झौता गरेका छन् ।
तारकेश्वर नगरपालिकाको गौरवको योजना अन्तर्गत १७ करोड लगानीमा प्रशासनिक भवन बन्न लागेको छ । भवन निर्माणको लागि जिल्ला समन्वय समितिबाट ६० प्रतिशत र नपुग ४० प्रतिशत रकम तारकेश्वर नगरपालिकाले व्यहोर्ने शर्तमा भवन निर्माण हुनेछ ।
दशैँ लगत्तै जिल्ला समन्वय समितिसँग ६० प्रतिशत रकम सम्झौता हुन लागेको तारकेश्वर नगर पालिकाको प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्सालले बताउनुभयो । काठमाडौंको अन्य नगरपालिकाहरुमा केहीको भवन निर्माण भइसकेको छ भने केहीले सम्झौता गरेर काम सुरु गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका, #प्रशासनिक भवन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्