सिलिचोङ पहिरो पिडितलाई संखुवासभा रेडक्रसको सहयोग
सिर्जनशिल सामुदायिक विकास केन्द्र खाँदबारीले पनि दियो एक एक थान सिरक ।

खाँदबारी । सिलिचोङका पहिरो पिडितलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले राहत सहयोग गरेको छ । रेडक्रसले १ सय ६ घर पहिरो पिडितहरुलाई प्रति घर २ हजारका दरले २ लाख १२ हजार नगद सहयोग गरेको छ ।
नगदसंगै प्रतिघर एक थान त्रिपाल, २ थान कम्बल, १ सेट भाँडा र ३ सेट लगाउने कपडा सहयोग गरेको रेडक्रसका जिल्ला शाखाका सभापति सरोज बज्रचार्यले जानकारी दिनुभयो । मंगलबार सिसुवाखोला विपत व्यवस्थापन समितिको उपस्थितीमा सहयोग रकम र सामाग्री हस्तान्तरण गरिएको हो । राहत रेडक्रसको अन्तराष्ट्रिय महासंघको सहयोगमा रेडक्रस सोसाईटी जिल्ला शाखाले वितरण गरेको रेडक्रस कार्यालय संखुवासभाका लक्ष्मि कार्कीले जानकारी दिनुभयो ।
यसै विच, सिर्जनशिल सामुदायिक विकास केन्द्र खाँदबारीले पनि एक एक थान सिरक सहयोग गरेको छ । केन्द्रका अध्यक्ष बविता कटुवाल लगायत समतिका पदाधिकारीहरु सिलिचोङ गाउँपालिकाको बुधबारे पुगेर अस्थाई टहरोमा बसोबास गरिरहेका १०६ परिवारलाई सिरक सहयोग गरेको हो । त्यस्तै डनविदा ह्याण्डीक्राफ्ट र करेन हेजिज टिम युकेले घर बगाएका ८ परिवार र १ जना अपाङ्गलाई आर्थिक सहयोग गरेका छन् । पहिरोबाट घर बगाएका ८ परिवारलाई १३ हजार पाँचसयको दरले १ लाख ८ हजार र एक अपाङ्गलाई ३ हजार ९ सय १२ रुपियाँ सहयोग गरेका हो ।
हस्तान्तरण कार्यक्रममा दाताहरुको तर्फबाट रेडक्रस जिल्ला शाखा उपसभापती मदन कुमार दाहाल, मन्त्री ऋषिकेशव चापाचाईसदस्य नरबहादुर थापा लगायतको उपस्थिती रहेको थियो । त्यस्तै सृजनशितको तर्फबाट संस्थापक अध्यक्ष चित्ररेखा अधिकारी, सचिव बबिता कटुवालको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #रेडक्रस संखुवासभा, #सिलिचोङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्