सिटी सेन्टरमा रोजलको फिटनेश सेन्टर
फिटनेश सेन्टरले फिटनेशसम्बन्धी सबै सुविधा प्रदान गर्ने ।

काठमाडौं, २ कार्तिक ।
शारीरिक व्यायाम अर्थात फिटनेश आफैँमा आवश्यकता हो । शारीरिक तन्दुरुस्त र फिट रहनमात्र नभएर हिजोआज रहरले समेत मानिसहरु फिटनेश गर्न थालेका छन् । जसले गर्दा फिटनेश सेन्टरहरुको महत्व दिनै बढ्दै छ ।
यसैबेला काठमाडौंको मुटु मानिने कमलपोखरीस्थित सिटी सेन्टरको पाँचौँ तलामा बज्र ननिताज फिटनेश सेन्टर सञ्चालनमा आएको छ । यो फिटनेश सेन्टर शनिबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो ।
रोजल शाहीले सञ्चालनमा ल्याएको उक्त फिटनेश सेन्टरको शनिबार मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, अभिनेता सविन श्रेष्ठ, फिल्म निर्देशक सुर्दशन थापा र मोडल मन्चिन शाक्यले संयुक्तले उद्घाटन गरे । यो फिटनेश सेन्टरले फिटनेशसम्बन्धी सबै सुविधा प्रदान गर्ने सञ्चालक रोजलले बताएका छन् । बज्र ननिताज फिटनेश सेन्टरको शाखा ललितपुरको भैंसेभपाटीमा समेत रहेको छ ।
यतिखेर विश्व कोरोना संक्रमणको महामारीबाट आक्रान्त छ । यस्तो बेला मानिसले आफूलाई तन्दुरुस्त राख्न आश्वयक छ । मानिसहरु संक्रमणसँग बच्ने उपाय खोजिरहेका छन् । त्यसका लागि एक उपाय फिटनेश पनि हो । पछिल्लो एक अध्ययनले यही देखाएको छ ।
व्यायाम र रोगप्रतिरोधात्मक शारीरिक क्षमताका सम्बन्धमा भएको अध्ययनअनुसार तन्दुरुस्त वा फिट रहँदा संक्रमणबाट बच्ने क्षमता राम्रो हुन्छ । एकपटक मात्र गरिने व्यायामले पनि भाइरस तथा ब्याक्टेरियासँग लड्ने क्षमता बढाउने वैज्ञानिकहरुले बताएका छन् ।
अमेरिकामा गरिएको अध्ययनका अनुसार लगातारको व्यायामपछि केही सेलहरु मर्ने भएपनि त्यसले केही घण्टाभित्रै सबै सेलहरु सक्रिय अवस्थामा आउने भएकाले इम्युन सेललाई स्थिर बनाउने र प्रतिरोधात्मक क्षमता सशक्त बनाउँछ । त्यसैले पनि मानिसका लागि व्यायाम आवश्यक मात्र नभएर अपरिहार्य बन्न थालेको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #रोजल शाही
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्