खाँदबारीका कृषकलाई अनुदानमा ‘हाते ट्याक्टर’
![](https://www.sajhapana.com/wp-content/uploads/2020/10/MG_0278.jpg)
खाँदबारी २ कार्तिक –
संखुवासभाको खाँदबारी नगरपालिकाले अनुदानमा कृषकलाई २८ वटा हाते ट्याक्टर (मिनि पावर टिलर) वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा कृषकहरुलाई हाते ट्याक्टर बितरण गरिएको हो । २८ वटा ट्याक्टर कृषक समुह र व्यवसायिक कृषकलाई बितरण गरिएको प्रमुख मुरारीप्रसाख खतिवडाले बताउनुभयो । शुक्रबार नगरपालिकाकाले कृषकलाई हाते ट्याक्टर हस्तान्तरण गरेको हो । प्रमुख खतिवडा, उपप्रमुख डेगेश्वरी श्रेष्ठले ट्याक्टर हस्तान्तरण गर्नुभयो । यसले कृषकलाई धेरै सहज बनाएको छ, नगरप्रमुख खतिवडाले भन्नुभयो, नगरका ११ वटै वडाका कृषकलाई लक्षित गरेर बितरण गरिएको हो । यस अघि ४९ वटा बितरण भइसकेको थियो, खतिवडाले भन्नुभयो, कृषकको माग आए अझै ट्याक्टर उपलव्ध गराउने छौ ।
पछिल्लो समय कृषकहरुले हाते ट्याक्टरको माग गरेपछि संख्या थपेर बितरण गरिएको आर्थिक बिकास समितिका प्रमुख दिनेश कट्टेलले बताउनुभयो । धेरै कृषकको रोजाईमा हाते ट्याक्टर परेकोले हरेक आर्थिक बर्षमा यसको संख्या बढाउँदै जाने छौ, कट्टेलले भन्नुभयो, अर्को बर्षदेखि कृषकको संख्या बढ्ने छ ।
अधिकांस युवाहरु रोजगारीका क्रममा गाउँबाट हिडेकाले काम गर्ने पाउन समस्या छ । त्यसको साथै गाउँघरमा गोरु र हली पाउन गाह्रो भएको छ, हाते ट्याक्टर प्रयोग गर्दे आउनुभएका खाँदबारी २ चेवाका कृषक रामकृष्ण श्रेष्ठले भन्नुभयो, हातेट्याक्टर अनुदानमा पाएपछि कृषकमा यो समस्या हटेको छ । गोरु र हली पाईहाले पनि महँगो ज्याला दिनुपर्थियो, श्रेष्ठले भन्नुभयो, सस्तो पनि पर्ने, यसको प्रयोगले थोरै जनशक्तिले धेरै काम गर्न सकिन्छ । यसको बजार मुल्य ६३ हजार २ सय पचास पर्छ । खाँदबारी नगरपालिका कृषि शाखाले किसानसंग ५० प्रतिशत अनुदान अर्थात ३१ हजार छ सय पच्चीस रुपैयामा बितरण गरेको हो । यसले एक लिटर डिजेलमा तीन घन्टासम्म खेत र बारी जोत्न सकिने श्रेष्ठले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #खाँदबारी नगरपालिका, #मुरारीप्रशाद खतिवडा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्