ट्राफिक प्रमुख भट्ट फिल्डमा उत्रिए : अत्याधुनिक लाइडर गन मार्फत कार्वाही अभियान सुरु

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अत्याधुनिक लाइडर गन मार्फत कारबाही अभियान सुरु गरेको छ । सडकमा बढ्दै गएकाे सवारी चाप र तीव्र गतिका कारण हुन सक्ने सवारी दुर्घटनाकाे जाेखिमलाई न्युनीकरण गर्ने उद्देश्यले जिल्लामा नै पहिलाेपटक बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले उपलबध गराएको उक्त गनको मूल्य नेपालमा १२ लाख पर्छ ।
राजधानी बाहिर यो गन पहिलोपटक चितवन ट्राफिक प्रहरीबाट सेवामा ल्याईएको हो । अत्याधुनिक लाइडर गन मार्फत कारबाही अभियान सुरु गराउन चितवनका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्ट आफैं फिल्डमा खटिएका छन् ।
”दूर्घटना न्युनीकरण: हाम्राे प्राथमिकता” भन्ने मुल नाराका साथ अत्याधुनिक लाइडर गन मार्फत आजदेखी हामीले कार्वाही अभियान सुरु गरेका छौं, प्रहरी निरीक्षक भट्टले भने – आज दिउँसाे साँढे १२ बजेदेखी साँढे तीन बजेसम्म टिकाैली जंगलमा चेेेकजाँच गरेका थियौं ।
चेकजाँच गर्ने क्रम्मा ताेकिएकाे गति सिमा भन्दा बढी गतिमा सवारी चलाउने ४१ जना बिभिन्न सवारी साधनका चालकहरूलाई फाेटाे/ भिडियाे र स्पिड भ्वाइलेन्सकाे प्रिन्ट प्रति सहित कारबाही एवं सचेतना गराएर छाडेका छौं । उनले भने, दुर्घटनाको जाेखिमयुक्त स्थानहरूमा आजबाट दैनिक रुपमा तीव्र गतिमा सवारी चलाउने चालकहरुलाई कारबाही हुने गरेर अघि बढ्छौं ।
अधिकाशं गम्भीर प्रकृतिकाे दुर्घटना तीव्र गतिका कारण हुने भएकोले सडकमा राखिएका स्पीड लिमिट सन्देशमुलक बाेर्डहरुकाे संवेदनशीलता बुझेर मात्रै सवारी चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले सबैमा अपिल समेत गरेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्