ट्राफिक प्रमुख भट्टको सक्रियता: चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

चितवन । चितवनमा चाडपर्व लक्षित सुरक्षा याेजना अन्तर्गत यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्व नजिकिदैं जाँदा जिल्ला भित्रीने र बाहिरीने यात्रुहरुकाे सहजता र सुरक्षालाई मध्ययनजर गर्दै चाडपर्व लक्षित सुरक्षा याेजना सार्वजनिक गरिएको हो ।
चाडपर्वमा सार्वजनिक सवारीसाधनहरूमा हुन सक्ने यात्रुहरुकाे भीडभाड, चाेरी लुटपाट, यात्रुहरु ठगिने, लगेज छुट्ने र धनमाल हराउने, बढी भाडा लिने, यात्रुलाई सिट क्षमता भन्दा बढी यात्रा गराउने, यात्रु टिकटमा हुन सक्ने कालाेबजारी, सवारीमा यात्रुहरु माथि हुन सक्ने दुर्व्यवहार लगायतका सवारी र यात्रुजन्य विभिन्न समस्या तथा गुनासाेहरुलाई तत्काल सम्बन्धित स्थानमा नै सामाधान गर्ने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आयोजनामा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सुर्य थापा, नेपाल राष्ट्रिय यातायात व्यावसायी महासंघका केन्द्रिय उपाध्यक्ष राम प्रसाद सुवेदी, नारायणी यातायात प्रा.लि.का क्षेत्रिय प्रमुख शंकर गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्ट, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रघुसिंह बिष्ट लगायत यायायात प्रा.लि. का प्रतिनिधि र अन्य प्रहरी कर्मचारीकाे उपस्थितिमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरि उद्घाटन कार्यक्रम सम्पन्न गरिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । त्यस्तै, आजै जिल्लाका अन्य ३ स्थानहरुमा समेत केन्द्रिय बसपार्क, पाेखरा बसपार्क र मुग्लिङमा पनि यात्रु सहायता कक्ष स्थापना गरिएकाे छ ।
ट्राफिक प्रहरी, जनपथ प्रहरी र यातायात व्यावसायी प्रतिनिधि सम्मिलित रहने गरी स्थापना गरिएको ‘यात्रु सहायता कक्ष’ बाट चाडपर्वकाे समयावधि भर सार्वजनिक सवारीलाई थप सुरक्षित, मर्यादित, अनुशासित र विश्वसनीय बनाई यात्रुहरूकाे आवागमन लाई थप सहज र व्यवस्थित हुने अपेक्षा चितवन ट्राफिकले गरेको छ । सडक र सवारीसंग सम्बन्धित कुनै पनि समस्या, सुझाव वा सुचना भए जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको १०३/ ०५६-५९४२९९ वा ९८५५०-९०१०० मा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्