Techie IT
शुक्रबार, चैत्र २८,२०८१

बिवादास्पद हवल्दार न्यौपानेलाई कस्को संरक्षण ?


चितवन । चितवनमा तीन बर्षदेखी एकछत्र राज गर्दै आएका बदनाम प्रहरी हवल्दार बाबुराम न्यौपानेका बिरुद्व धेरै उजुरी तथा गुनासा आएपछि प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबाट दोलखा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा काज सरुवा गर्‍यो ।

हाकिमहरुलाई रिझाएकै भरमा जागिरको दौरानमा सबैभन्दा बढी चितवन ट्राफिकमा बस्न सफल भएका हवल्दार न्यौपानेलाई बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी बसन्त कुमार लामाको मौखिक आदेशमा एसपी शान्तिराज कोइरालाले हवल्दार न्यौपानेलाई दोलखा ट्राफिकमा काज सरुवा गरेका थिए । तर, उनै हवल्दार न्यौपानेलाई अहिले पुन: गैंडाकोट काजमा लैजाने अनेक चलखेल भइरहेको स्रोतले जनाएको छ ।

प्रदेश ट्राफिक प्रमुख कोइराला

चितवनको आँपटारी पोष्टमा कायारर्त रहदा हवल्दार न्यौपानेलेे घुस अशुली गर्ने गरेको भन्ने उजुरी तथा सुचना पुगेपछि बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी शान्तिराज कोइरालाले उनलाइ चितवनबाट दोलखा लखटेका थिए । तर, चितवनबाट दोलखा लखटेका उनै हवल्दार न्यौपानेलाई पूर्व डीआईजी ज्ञानेन्द्रविक्रम महतले पुन: गैंडाकोटमा काज ल्याउने तयारी गरिरहेको स्रोतले बताएको छ ।

हवल्दार बाबूराम न्यौपाने 

आँपटारीमा रहदा हवल्दार न्यौपानेले पूर्व डीआईजी महतको सेवा गर्दै आएकोले पनि महतकै योजनामा उनलाई काज सरुवा गर्ने तयारी भइरहेको स्रोतले बताएको छ । प्रदेश प्रहरी स्रोत भन्छ : महतले न्यौपानेलाइ पहिले देखी नै संरक्षण गर्दै आएका थिए । यसो भनिरहदा विधि र नियम मिच्नु त भएन नि ?

पूर्व डीआईजी महतले हवल्दार न्यौपानेलाई संरक्षण गर्नुको कारण महतका छोराले चितवनमा ठेक्का र सप्लायर्सको व्यापार गर्ने र व्यापारको सम्पूर्ण रेखदेख र काम समेत गर्ने हुनाले महतले सधै चितवन ट्राफिक वा वरपर राख्ने गरेको स्रोतको भनाई छ ।

पुुुर्वडिआइजी ज्ञानेन्द्र बिक्रम महत्त

स्रोतका अनुसार उनै हवल्दार न्यौपानेलाई यसअघिका प्रदेश ट्राफिकका एसपी प्रकाश रानाभाटले समेत सम्मान गरेर मजाक बनाएका थिए । प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले एक कार्यक्रमको आयोजना गरी कोरोना कहरका बिच पनि ट्राफिक कार्यालयमा रहि ट्राफिक सचेतना, दुर्घटना न्यूनीकरण जस्ता कार्यहरुमा उल्लेखनीय भुमिका खेलेको भन्दै हवल्दार बाबुराम न्यौपाने सहित केही प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरेका थिए ।

यस बिषयमा हामी निरन्तर फ्लोअप गरिरहने छौं ।

 

 


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
ट्याग : ##चितवन #बाबुराम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Light Rain
5:41 am6:27 pm +0545