Techie IT
शुक्रबार, चैत्र २८,२०८१

साँढे दुई लाख नगद सहित पाँच जना जुवाडे पक्राउ


चितवन । चितवन प्रहरीले शनिबार साँढे दुई लाख रुपैयाँ नगद सहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ ।

पुर्वी चितवनको कालिका नगरपालिका वर्डा नम्बर ४ स्थित ग्रिन टप कटेजमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीको विशेष टोलीले जुवातास खेलिरहेको अवस्थामा कालिका नगरपालिका वर्डा नम्बर ४ बस्ने बर्ष ३७ को बल बहादुर नेपाली, सोही ठाउँ बस्ने वर्ष ३५ को हरीराम लामा, कालिका नगरपालिका वर्डा नम्बर ५ बस्ने वर्ष ४० को कुमार चौधरी, नवलपुर गैंडाकोट नगरपालिका वर्डा नम्बर २ बस्ने बस्ने वर्ष ३८ को हरी जि.सी र सोही ठाउँ बस्ने वर्ष ३८ को नवराज परीयारलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले जुवातास खेल्ने कार्यमा प्रयोग भएको एक बुक ताससहित दुई लाख उनन्तीस हजार सात सय असी रुपैयाँ नगद समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि जुवा कसुर ऐन अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार चाडपर्व नजिकिदै गरेकोले सादा पोशाकका प्रहरीलाई राजमार्गमा २४ सै घण्टा गस्तीमा खटाइएको समेत जानकारी दिनुभयो । त्यस्तै, जुवाजन्य गतिबिधी खेल खेल्नु र खेलाउनु सामाजिक अपराध भएकोले यस्तो गतिबिधी कहिं कतै भएको पाइए तत्कालै नजिकैको प्रहरीलाई सुचना दिएर सहयोग गर्न समेत गुरुङले सबैमा अपिल गर्नुभएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
ट्याग : ##चितवन #जुवाडे


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Light Rain
5:41 am6:27 pm +0545