Techie IT
शनिबार, वैशाख ६,२०८२

योग र ध्यानबाट क्यान्सरलाई जित्न सकिने


काठमाडौँ, २३ असोज ः यस महिनालाई स्तन (ब्रेष्ट) क्यान्सर विरुद्ध सचेतना अभियानको रुपमा मनाइरहेको छ ।
“क्यान्सरको समयमै उपचार गर्ने हो भने निको हुन्छ” भन्ने नाराका साथ योग प्रेमी नेपाल र नेपाल क्यान्सर सरभाईबर्स सोसाइटीले विविध कार्यक्रम गरी मनाइरहेका छन ।

नेपालमा गलत जीवनशैलीका कारणले स्तन क्यान्सरबाट धेरै नै मानिस पिडित हुनु परेका छ ।
सचेतना अभियानमा क्यान्सर के हो ? यो किन हुन्छ ? के कस्ता उपायहरु अपनाउनाले क्यान्सर रोगको जोखिम कम हुन सक्छ ? रोग लागिसकेको छ भने कसरी अगाडि बढ्ने जस्ता अभियानको क्रममा सिकाउने गरेको सरभाईबर्स सोसाइटीका अध्यक्ष प्रमिला खनालले बताउनुभयो ।

उहाँले आफूहरुले क्यान्सरका विरामीलाई मनोपरामर्श सेवा प्रदान गर्नुका साथै महिलालाई लक्षित गरी स्वास्थ्य शिविर कार्यक्रमको साथै स्कुल, कलेजका छात्रालाई क्यान्सरको वारेमा सचेत गराउने काम गर्दै आएको जानकारी दिनुभयो ।

योगप्रेमीका अध्यक्ष खेतराज मैनाली क्यान्सर रोगसित बिजय प्राप्त गर्न योग र ध्यानको विशेष महत्व हुने बताउनुभयो ।
उहाँले योग र ध्यानले मानिसको जीवनशैलीमा परिवर्तन गर्न विशेष भूमिका रहने भएकोले क्यान्सरलाई पनि योग र ध्यानबाट सजिलै जित्ने सकिने बताउनुभयो ।

नेपालमा ४० देखि ५० बर्ष उमेर समूहका महिलामा स्तन क्यान्सर हुने गरेको पाइएको छ


क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545