भारतमा कुल सङ्क्रमितको संख्या ६७ लाख ५७ हजार नाघ्यो
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
कुल सङ्क्रमित मध्ये ७२ हजार ४९ जना पछिल्लो २४ घण्टामा थपिएको पनि अधिकारीहरुले जनाएका छन् । त्यसैगरी कुल सङ्क्रमित मध्ये ५७ लाख ४४ हजार ६९३ जना सङ्क्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको दर ८५.०२ प्रतिशत रहेको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख चार हजार ५५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ९८६ जनाको पछिल्लो २४ घण्टामा निधन भएको छ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये १.५५ प्रतिशतको मात्रै मृत्यु भएको पाइएको छ ।
भारतमा अहिले पनि नौ लाख सात हजार ८८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् । प्रदेश अनुसार हेर्दा भारतको महाराष्ट्र प्रदेशमा सबैभन्दा धेरै सङ्क्रमितहरु रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म आठ करोड २२ लाख ७१ हजार ६५४ जनाको कोरोना परीक्षण गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #corona iiinfected, #india
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्