Techie IT
आईतबार, वैशाख ७,२०८२

कोरोना संक्रमीतलाई भेट्न घरघरमा पुग्दै  रक्षामन्त्री ईश्वर पोखरेल


काठमाडौं, असोज १५ । कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमै बसेका  ब्यक्ति तथा परिवारको मनोबल बढाउन नेपाल सरकारका उप प्रधान तथा  रक्षामन्त्री ईश्वर पोखरेल संक्रमितको घर घर पुगेका छन।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले दिएको महत्वपूर्ण राष्ट्रिय  जिम्मेवारी बहन गरिरहेका उप प्रधान तथा रक्षामन्त्री पोखरेल आफ्नो निर्वाचन क्षेत्रमा रहेको काठमाडौं महानगरपालिका वडा नं २का  संक्रमितको अवस्था बुझ्दै मनोबल बढाउदै हौसला प्रदान गर्ने कार्यमा पनि सक्रिय भएका छन्।

 उपप्रधान तथा रक्षामन्त्री पोखरेल संगै बागमती प्रदेश सभा सदस्य नारायण सिलवाल, काठमाडौं महानगर पालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ न्हूज: पुस्तकालयका टोखाका  अध्यक्ष दिपेन्द्र श्रेष्ठ सहितको टोलि आज काठमाडौं महानगर पालिका वडा नं २ लाजिम्पाट क्षेत्रका बिभिन्न स्थानमा होम आइसोलेसनमा बसेका संक्रमित  र परिवार संग भेटघाट गरेका हुन।

उपप्रधानमन्त्री  पोखरेलले संक्रमित तथा परिवारलाइ  उच्च मनोबल राख्न सके कोरोना भाइरस सङ्क्रमणले कुनै असर नगर्ने भन्दै संक्रमित तथा परिवारलाई सुस्वास्थ्यको शुभकामना दिएका थिए । साथै उनले कोरोना उपचारको क्रममा मृत्यु बरण गरेका काठमाडौं महानगरपालिका वडा नं २ का परिवारलाइ समबेदना प्रकट गर्दै कुनै आवश्यकता परेको खण्डमा सहयोग गर्ने प्रतिबद्धता समेत  ब्यक्त गरेका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #ईश्वर पोखरेल, #कोरोना संक्रमीत, #घरघरमा पुग्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545