Techie IT
शनिबार, वैशाख ६,२०८२

बर्खेटारमा पहिरो खस्दा दिक्तेल–जयराम सडक अवरुद्ध


मुना थापा 

खोटाङ, २१ असार । वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–जयराम सडक अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको बर्खेटारमा पहिरो खस्दा बुधबार रातिदेखि दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो । जिल्ला भित्रिने र बाहिरिने एक मात्र सडकमा पहिरो थुप्रिएका कारण गएरातिदेखि सवारी साधन रोकिँदा सयौँ यात्रु अलपत्र परेका यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।

नगरपालिकाको जेसिबी, खोटाङ बृहत् खानेपानी आयोजना, मध्यपहाडी लोकमार्ग कालोपत्रका काममा प्रयोग गरिएको एस्काभेटर प्रयोग गरेर सडकमा खसेको ढुंगा पन्छाउने काम भइरहेको छ । सडकको अवरोध हटाउन नागार्जुन कम्पनीको दुई वटा बकेटसहितको एस्काभेटरसमेत पहिरोस्थलमा झिकाइएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताउनुभयो । सडकमाथिबाट खसेको ढुंगा पल्टाउँदा बस्तीमा पुग्ने भएकाले सडकमा थुप्रिएको ढुंगालाई फुटाएर अन्यत्र सारेर मात्र अवरोध हटाउने काम भइरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545