Techie IT
शुक्रबार, चैत्र २८,२०८१

चितवन मेडिकल कलेजमा चिकित्सकद्वारा बिरामीमाथि यौनशोषण गरेको आरोप


चितवन । चितवन मेडिकल कलेज (सिएमसी) मा कायारर्त एक स्वास्थ्यकर्मीमाथी बिरामीलाई यौन शोषण गरेको आरोप लागेको छ । हिजो मंगलबार उपचारका लागी गोर्खा घर भई चितवन मेडिकल कलेजमा आएकी महिलामाथि सोही अस्पतालको अडियोलोजिस्टमा कायारर्त चिकित्सक जयलाल प्रसाद यादवले यौनशोषण गरेको पीडित बिरामीका आफन्तले आरोप लगाएका छन् ।

घाँटीको उपचारको लागी मङ्गलवार ओपिडीमा आएकी ती महिलामाथि चिकित्सक यादवले पटकपटक गोप्य अंगमा हात लगेको आरोप पीडितको छ । यता, अस्पतालका अप्रेशन म्यानेजर पारस अधिकारीले भने घट्नाको विषयमा अस्पताल प्रशासनले अध्ययन गरिरहेको बताए । यस बिषयमा थप बिवरण आउन बाँकी छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्वास्थ्य
ट्याग : ##चितवन_मेडिकल_कलेज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Light Rain
5:41 am6:27 pm +0545