Techie IT
आईतबार, वैशाख ७,२०८२

टोखा नगरपालिकामा कुल ८ सय ४६ जना कोरोना संक्रमित


सोमबार थप २४ जनामा संक्रमण भएसंगै टोखा नगरपालिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ सय ४६ पुगेको छ ।

टोखा नगर स्वास्थ्य शाखाका अनुसार वडा नं ३ मा ४ जना, ४ मा १, ५ मा ४, ६ मा ३, ७ मा ४, ८ मा २, ९ मा १, १० मा १ र अन्य १ जनामा कोरोना देखिएको हो ।

ती मध्य २० जना घरमा र १ जना अस्पतालको आइसोलेशनमा रहेका छन् ।
साथै हिजो उपत्यकामा आठ सय १७ सहित देशैभर एक हजार तीन सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार सात सय ४५ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545