४० मेगावाटको माथिल्लो चमेलियाको वित्तिय व्यवस्थापन

काठमाडौँ, अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन भएको छ ।
अपि कम्पनी र छ वटा बैकका प्रतिनिधिबीच आज ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
७ अर्ब ४० करोड लगानी रहेको आयोजनाका लागि हिमालय बैक लिमीटेडको नेतृत्वमा ७० प्रतिशत अर्थात ५ अर्ब १८ करोड लगानी गर्ने गरी वित्तिय व्यवस्थापन भएको हो ।
आयोजनामा हिमालन बैंक लिमिटेड १ अर्ब २५ करोड, कर्मचारी संचय कोषले एक अर्ब ,राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र नेपाल बङ्गलादेश बैंकले ७५÷७५ करोड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ६० करोड लगानी गर्ने भएका छन् ।
ऋण बाहेकको ३० प्रतिशत अर्थात २ अब २२ करोड कम्पनीले आफ्ना शेयरधनीहरुलाई हक प्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
यो आयोजना निर्माणका लागि शेयरधनीहरुबाट स्वपूँजी जुटाउनका लागि २०७५ साल असार मसान्तमा कायम चुक्ता पूँजी रु १ अर्ब १३ करोड ४० लाखकोे १ः०.४७ को अनुपातमा रु ५६ करोड ७० लाखको हकप्रद शेयर जारी गर्नका लागि मिति २०७६ साल फाल्गुण १२ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएको कम्पनीले जनाएको छ । कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब १९ करोड रहेको छ ।
सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्ला, अपि हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गरेर निर्माण गर्न लागेको ४० मेगावाटको माथिल्लो चमेलियाले अपि हिमाल गाउँपालिकाको ओखल भन्ने स्थान बाँध बनाई ६ किलोमिटर लामो ३.२ डायामिटरको पेनस्टक पाईपको सहायताले चमेलिया नदीको पानी फर्काई मार्मा गाउँपालिकाको घट्टेगाढ भन्ने स्थानमा विद्युत गृह निर्माण गर्न लागेको छ ।
आगामी कार्तिक १ गतेबाट निर्माण सुरु गरेर साढे दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
१६ किलोमिटर लामो १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत नेपाल विद्युत प्राधिकरणको वलाँच सवस्टेशनमा ल्याई राष्ट्रिय ग्रिडमा जोड्ने लक्ष्य राखेको आयोजना आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिँउदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, आयोजनाको विद्युत बिक्रिबाट प्रथम वर्ष रु १ अर्ब ६२ करोड आय आर्जन हुनेछ । यस आयमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले वृद्घि हुँदै जानेछ ।
२०६० सालमा स्थापना भएको र २०७० सालमा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको अपि कम्पनीले सुदुरपश्चिमकै दार्चुलामा ८.५ मेगावाटको नौगडगाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७२ सालदेखि नै आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा जोडिसकेको छ ।
कम्पनीले दोश्रो आयोजनाको रुपमा सोही स्थानमा निर्माण गरेको ८ मेगावाट क्षमताको अपर नौगडगाढ जलविद्युत आयोजना पनि एक बर्ष अघिनै सम्पन्न भएर ग्रिडमा जोडिसकेको छ । अपि पावर कमपनी लिमिटेडको यो तेस्रो जलविद्युत आयोजना हो । कम्पनीले ग्रीडमा जोडिने सोलारका आयोजनाहरु पनि निर्माण गरिरहेकोछ । रासस
क्याटेगोरी : वातावरण-कृषि, विशेष, समाचार
ट्याग : #चमेलिया
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्