नागार्जुनको आइसोलेसन व्यवस्थित बनाउन नारायणकाजी श्रेष्ठद्धारा पहल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नागार्जुन नगरपालिका वडा नं १ रानीवनमा रहेको आइसोलेसन सेन्टरलाई थप व्यवस्थित बनाउन आफ्नोतर्फबाट पहल गर्ने बताएका छन् ।
शहरी विकास मन्त्रालयले सुकुम्बासीका लागि निर्माण गरेको भवनलाई सरकारले पछिल्लो दिनमा आइसोलेसन सेन्टरको रुपमा विकास गरेको छ । सो आइसोलेसन सेन्टरको फोहोर र ढल व्यवस्थापन नभएको भन्दै स्थानीयवासीको गुनासो सुनेपछि प्रवक्ता श्रेष्ठले आफूले सरकारलाई आवश्यक जानकारी गराउने र समस्या समाधानका लागि पहल गर्ने बताए ।
स्थानीयवासीले ढल तथा फोहोरको उचित व्यवस्थापन नहुँदा बस्तीमा समस्या परेको प्रवक्ता श्रेष्ठसमक्ष गुनासो गरेका थिए । स्थानीयको गुनासो सम्बोधनका लागि आफूले सरकारी विकास मन्त्रालयलाई आवश्यक ध्यानाकर्षण गराउने बताएका थिए । त्यस अवसरमा उपस्थित शहरी विकास तथा भवन निर्माण विभागका मणिराम गेलाललाई स्थानीयवासीको मागअनुसार समस्याको समाधान गर्न प्रवक्ता श्रेष्ठले आग्रह गरे ।
महानिर्देशक श्रेष्ठले समस्या समाधानका लागि विभागका तर्फबाट आजैदेखि काम शुरु हुने बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले आइसोलेसन सेन्टरलाई स्वास्थ्य मापदण्डअनुसार नै सञ्चालन गरिएको र केही कमीकमजोरी भएको भए सुधार गर्दै थप व्यवस्थित गरिने बताए ।
सो आइसोलेसन सेन्टरमा ५८० श्ययाका लागि स्वीकृति दिइएको भए पनि हाल ३५८ जना कोरोना सङ्क्रमित रहेका छन् । राष्ट्रियसभाका सदस्यसमेत रहनुभएका श्रेष्ठले पछिल्लो दिनमा कोरोनाबाट प्रभावित नागरिकलाई सहजरुपमा सेवा पु¥याउने लक्ष्यका साथ स्वयंसेवक अभियानसमेत सञ्चालन गर्दै आएका छन् । उनले पिसिआर परीक्षणमा सहजीकरण गर्ने, विदेशमा अलपत्र परेका नागरिकको उद्धार तथा स्वास्थ्योपचारका लागिसमेत सहजीकरण गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुन नगरपालिका, #नारायणकाजी श्रेष्ठ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्