Techie IT
शुक्रबार, चैत्र २८,२०८१

हिरासतभित्रै आत्महत्याको प्रयास गरेका वाइबाको मृत्यु


मकवानपुर । मकवानपुरमा हिरासतभित्रै आत्महत्याको प्रयास गर्ने एक अभियुक्तको उपचारका क्रममा ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बकैयाँ गाउँपालिका–६, गडुवानमा भदौ १४ गतेदेखि हराइरहेका एक बालकको हत्यामा संलग्न रहेका सोही ठाउँका २९ वर्षीया सुवास वाईबाको उपचारका क्रम्मा मृत्यु भएको हो ।

प्रहरी स्रोतका अनुसार हिरासतभित्रै रहेको शौचालयमा आत्महत्या प्रयास गरिएका वाईबाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रम्मा मृत्यु भएको जनाइएको छ । घट्ना गत, शुक्रबारकै भए पनि मकवानपुर प्रहरीले सुचना लुकाएको कारण आज मात्रै घट्ना सार्वजनिक भएको हो ।

बालक हत्या घट्नाको अनुसन्धानका लागी प्रहरीले वाईबा र मृतक बालकका फुपुको छोरा २७ वर्षीय मंगलसिंह वाईबालाई गत, भदौ २२ गते पक्राउ गरेको थियो । पक्राउ परेपछि सुवासले बालकको हत्या गरेको स्वीकारेका थिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : ##बागमती_प्रदेश #नेपालप्रहरी #मकवानपुर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545