Techie IT
बुधबार, माघ २३,२०८१

जन्मदिन मनाउने फजुल खर्चले स्वास्थ चौकी बनाउन सहयोग


सबैजनालाई आफ्नो जन्मदिन विशेष लाग्छ । यो हामी सबैको प्राकृतिक स्वभाव नै हो । हरेक व्यक्तिका लागि आफ्नो जन्मदिन प्रिय र अविश्मरणिय लाग्दछ । जन्मदिन खुसीसँग जोडिएको उत्सव हो । यो भन्दा ठूलो र महत्वपूर्ण दिन हरेक व्यक्तिलाई अर्को दिन हुन सक्दैन । मान्छेको आकार लिएको दिन, धेरै जिम्मेवारी लिएर सुन्दर शरिर लिएर जन्मिएको दिन, ९ महिने आमाको कोख र प्रशव व्यथाका बावजुत ममतामयि आमाको पहिलो माया पाएको दिन अनि यो सुन्दर सँसार हेर्न पाएको दिन । जसलाई हरेक व्यक्तिले मनाउन चाहन्छ, खुसीयाली बाँड्न चाहन्छ, साथीसँगिसँग रमाउन चाहन्छ, ठूलावडाहरुको आशिष प्राप्त गर्न चाहन्छ । जस अनुरुप हरेक व्यक्तिहरुले आफ्नो जन्मदिन फरकफरक रुपमा मनाईरहेका छन् । आफ्नो जन्मदिनमा भोजभतेर गर्ने, पिकनिक जाने, साथीहरुसँग बसेर धेरै खर्च गर्ने जस्ता कामहरु आजकल सामान्य जस्तै बनिसकेको छ । अझ युवापुस्ता माझ त यो एउटा संस्कृति नै बनिसकेको छ ।

जन्मदिन उत्सव हो मनाउनु पर्दछ, तर जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नु हुँदैन, जन्मदिनलाई परोपकारी कार्य र सामाजिक कार्यलाई जोड्न सकियो भने त्यो भन्दा ठूलो महान कार्य अरु हुन सक्दैन भन्ने मान्यताको बिकास बिस्तारै हुँदै गईरहेको छ ।

यसको जलन्त उदारण हो स्वास्थ चौकी निमार्णमा युवाहरुको सहयोग ।

बुलन्द आवाजले तारकेश्वर नगरपालिका १ मा  स्वास्थ चौकी बनाइरहदा केही युवाहरुले जन्मदिन मनाउने फजुल खर्च संचित गरेर सहयोग गरेका छन ।

सडक यातायात र अन्य भौतिक सुबिधाबाट बिमुख तारकेश्वर कुन्चीप्वाकल गाँउमा स्थानिय संचारकर्मी एवं बुलन्द आवाजका अध्यक्ष समेत रहेका राजन नेपालको अगुवाईमा स्वास्थ चौकी निमार्ण कार्य भैरहेको छ ।

आज एकैदिन जन्मदिनको अवसरमा चितवन बाट सामाजिक अभियान्ता लक्ष्मी सिग्देलले रु ५०००,

तारकेस्वर १ बाट राजकुमार अधिकारीले आफ्नो छोरा सौगात अधिकारिको जन्मदिनमा रु ५,५५५ ,तानपा १ बाट सन्तोष अधिकारीले पनि ५,५५५ रुपैया नगद सहयोग गरेका छन ।

अब छिटो नै हेल्थपोस्टको काम सुरुवात हुने कुरा बुलन्दका अध्यक्ष राजन नेपालले बताए ।

सात गाउका मानिस झण्दै २५०० प्रभावित हुने यो स्वास्थ चौकीमा स्थानीय को सहभागितामा उपभोक्ता समिती तयार भएको अध्यक्ष नेपालले बताए ।

सवास्थ चौकी निमार्ण अभियानमा बिभिन्न ब्यक्तीहरुले सहयोग गरीरहेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #जन्मदिन मनाउने फजुल खर्च


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:46 am5:48 pm +0545