Techie IT
शुक्रबार, चैत्र २८,२०८१

सामाजिक सञ्जाल मार्फत ठगी गर्न खोज्ने दुई जना पक्राउ


चितवन । सामाजिक सञ्जालको दुरुपयोग गरेर लाखौं रुपैयाँ ठगी गर्न खोज्ने दुई जनालाई चितवन प्रहरीले आज (बुुुधबार) पक्राउ गरेर सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङका अनुसार सामाजिक सञ्जाल इमो मार्फत तपाईंलाई पच्चिस लाख रुपैयाँको चिठ्ठा परेको छ । सो, सुचना प्रहरी वा अन्य मानिसलाई गराए उक्त रकम उपलब्ध गराउन नसकिने भन्दै कालिका नगरपालिका ०४ वस्ने वर्ष ४४ की सीता थपलियासँग पटकपटक गरेर दुई लाख असी हजार रुपैयाँ ठगी गर्ने बिराटनगर महानगरपालिका वडा नम्बर ११ वस्ने वर्ष २७ को साहिल हुँसेन अन्सारी र सोहि महानगरको वडा नम्बर ०९ वस्ने वर्ष २७ कै कामेश्वर स्वर्णकारलाई प्रहरीले पक्राउ गरेको हो ।

गत, असोज ४ गते दिउँसो साँढे ४ बजेको समयमा थपलियालाई रकम प्राप्त गर्नको लागी तपाईंले केही पैसा कर तिर्नुपर्छ भन्दै पहिलो पटक ५५ हजार, दोश्रो पटक ४५ हजार आइएमई मार्फत मोरङमा पठाउन लगाएको अनुसन्धानबाट खुलेको छ । सोही दिन पच्चीस लाख प्राप्त गर्न १ लाख कर लाग्ने भन्दै मागेको र पटक पटक विभिन्न बाहनामा २ लाख ८० हजार रकम ठगी गरेको थाहा पाएपछि पिडित प्रहरीको सम्पर्कमा पुगेकी थिइन् ।

चितवनका प्रहरी प्रमुख एसपी गुरुङका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गरेर चिठ्ठा परेको छ, उल्लेखित रकम दावी गर्न नेपाली नागरिकताको प्रतिलिपी एवं बैंकको खाता नम्वर समेत मागी चिठ्ठा परे बापतको निश्चित रकम राज्यलाई कर तिर्नुपर्ने र तिर्नुपर्ने कर वापतको रकम आइएमई मार्फत मोरङ पठाई दिनुपर्‍यो भनी पटकपटक फोन गरी ठगी गर्दै आएको भन्ने सुचनाका आधारमा आइतबार ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी प्रमुख रविन कार्की समेतको टोली घट्नाको बास्तविकता बुझ्न अनुसन्धनमा जुटेको थियो ।

अनुसन्धानमा जुटेको प्रहरीको टोलिले जिल्ला प्रहरी कार्यालय मोरङसँगको समन्वयमा उनीहरु लाई आज पक्राउ गर्न सफल भएको हो । सामाजिक सञ्जालमा यस्ता मिथ्या प्रलोभनमा नपर्न र केहि सुचना भए प्रहरीलाइ खबर गर्न डिएसपी कार्कीले आग्रह गरे । पक्राउ परेका दुबैउपर सम्मानित चितवन जिल्ला अदालतवाट पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको चितवनका प्रहरी प्रमुख गुरुङले बताए ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545