Techie IT
मंगलबार, वैशाख ९,२०८२

एनएफपीजेद्वारा २४ औ बार्षिक उत्सबको अवसरमा ‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिताको घोषणा


राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे, नेपाल) ले ‘नेपाल इन लकडाउन 2020’ फोटो प्रतियोगिता कार्यक्रमको घोषणा गरेको छ । मंगलबार संस्थाको २४ औं स्थापना दिवसको अवसर पारेर एनएफपिजे, नेपालका महासचिव प्रदीपराज वन्तले उक्त प्रतियोगिता शुरु भएको घोषणा गर्नुभएको हो ।

कोरोना कहरमा सरकारले चैत्र ११ गतेदेखि गरेको लकडानको अवधिमा खिचिएका तस्वीरहरुलाई समेटेर प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी हुनका लागि २०७६ चैत्र ११ गतेदेखि २०७७ भाद्र मसान्तसम्म खिचिएका लकडाउन सम्बन्धि फोटोहरु समावेश गर्न पाइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागीहरुले बढीमा तीन वटा फोटो समावेस गर्न सक्ने व्यवस्था मिलाईएको एनएफपीजे नेपालका महासचिव वन्तले जानकारी दिनुभयो। प्रतियोगितामा आएका उत्कृष्ट १० फोटोहरु छनौट गरिने छ । प्रत्येक उत्कृष्ट १० विजेता फोटो पत्रकार तथा फोटोग्राफरहरुलाई जनही १० हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गर्ने महासचिव वन्तले बताउनुभयो । प्रतियोगितामा सवै नेपालीले फोटो पठाएर प्रतियोगितामा सहभागीता जनाउन सक्ने छन् ।

प्रतियोगितामा समावेस फोटोहरु निर्णायक समितिको निर्णयलाई मान्य हुने गरी नतिजा प्रकाशन गरिने संस्थाका अध्यक्ष राजेन्द्र चित्रकारले बताउनुभयो । साथै निर्णायक मण्डलहरुमा एनएफपिजेका संस्थापक अध्यक्ष तथा वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्की, एनएफपिजेका पूर्व अध्यक्षहरु मिनरत्न बज्राचार्य, विकास रौनियार, कविन्द्रमान शाक्य, राजभाइ सुवाल र ३६० म्यागाजिनका सम्पादक चारु चड्डा रहनु हुनेछ ।

फोटो पठाउँदा पालना गर्नु पर्ने शर्तहरुः

  • फोटो १२ ह १८ इन्चको ३०० रिजोलुसनको हुनु पर्ने छ ।
  • फोटोको स्पष्ट विवरण उल्लेख हुनु पर्ने छ ।
  • फोटो लकडाउन अवधिभर २०७६ चैत्र ११ गते देखी ०७७ भाद्र मसान्त सम्मको हुनु पर्ने छ ।
  • फोटो नेपालमा र नेपालीले खिचेको हुनुपर्ने छ ।
  • प्रतियोगितामा समावेस भएका फोटोहरुको बौद्धिक सम्पती हकदावीको जिम्मेवारी स्वयम् फोटोग्राफरमा हुने छ ।
  • प्रतियोगितामा समावेस गरिएको फोटो अनावश्यक सम्पादान गरिएको पाइएमा मान्य हुने छैन ।
  • फोटो पठाउने अन्तिमितिः– फोटो प्रतियोगितामा सहभागी हुने अन्तिम मिति २०७७ साल असोज मसान्त सम्म ।

थप जानकारीकालागी
९८५१०४४८३५
९८४१८९५८११
९८४१८५१९२५


क्याटेगोरी : विशेष, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Fair
5:30 am6:33 pm +0545