मकवानपुरमा दुई प्रहरी जवान निलम्बन

चितवन । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले शनिबार साँझ दुई जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ ।
प्रहरी स्रोतका अनुसार प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरीको टोलीले सवारी चालकहरुसँग आर्थिक लेनदेन गरिरहेको अवस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यारर्त प्रहरी जवानद्वय नविन कुमार परियार, लाल बहादुर चौधरीलाई निलम्बन गरिएको हो । त्यस्तै, प्रहरीको टोलीले अन्य दुई जना प्रहरी हवल्दारद्वयलाई भने स्पष्टिकरण सोधेको छ ।
आर्थिक लेनदेनमा प्रहरी कर्मचारीहरुको नाम जोडिन थालेपछि प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले प्रहरी कर्मचारीमाथि नै निगरानी सुरु गरेका छन् । जुन फलस्वरुप शनिबार दुई जना प्रहरी निलम्बनमा परेको घट्नाले समेत छर्लङ्ग बनाएको छ । आर्थिक लेनदेनमा शून्यसहनशीलता ल्याउने कार्ययोजना अनुसार विभिन्न दस जिल्लामा प्रदेश ट्राफिक प्रहरी कार्यालयले छुट्टाछुट्टै अनुगमन टोली समेत खटाउँदै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्