विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको स्रष्टा सम्मान,कविता वाचन कार्यक्रम

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तीको अवसरमा स्रष्टा सम्मान, कृति लोकार्पण र कविता वाचन जस्ता महत्वपूर्ण कार्यहरू राजधानी स्थित घट्टेकुलो विकास समाजको हलमा भव्यताका साथ सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाई अध्यक्ष एवम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बिशेष अतिथिको रूपमा पूर्व राजदूत प्रल्हादकुमार प्रसाई, प्रा. डा. पारसमणि भण्डारी, प्राज्ञ डा. उषा ठाकुर, प्रा. डा. गार्गी शर्मा,बरिष्ठ सल्लाहकार लक्ष्मीप्रसाद प्रसाई, घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंशी को उपस्थिति थियो।सयौंको संख्यामा सर्जक/समाज अनि राष्ट्रका लब्ध प्रतिष्ठित व्यक्तिहरू/साहित्यप्रेमीहरूले खचाखच भरिएको हलमा ४ घण्टा सम्म कार्यक्रम अविछिन्न रूपमा चलेको थियो।त्यसै गरि प्रतिष्ठानले साहित्य जगतका उज्वल नक्षत्रहरू क्रमस:कृष्ण धराबासी,गोविन्द गिरी प्रेणा,सुवासचन्द्र ढुंगेल,भवानी क्षत्री,खेम नेपाली, ईल्या भट्टराई,रामकृष्ण आचार्य एवम गोधुली साहित्य प्रतिष्ठानलाई सम्मान गरेको छ।
उक्त समारोहमा लक्ष्मी उप्रेती र गोपीकृष्ण प्रसाई द्वारा सम्पादित कृति” समय सन्दर्भमा नारी कथा”को पनि प्रमुख अतिथि र विशेष अतिथिहरूले लोकार्पण गरेका थिए।अध्यक्ष प्रसाईले उपस्थित सम्पूर्ण साहित्य अनुरागीहरूलाई स्वागत गर्दै आदिकविको जीवनी ,विराट व्यक्तित्व, कृतित्व र योगदानका बारेमा बोलेका थिए भने वरिष्ठ उपाध्यक्ष लक्ष्मी उप्रेतीले सम्मानित सर्जक र संस्थाको परिचय दिंदै आफ्नो संक्षिप्त मन्तव्य राखेकी थिईन।प्रा.डा. पारसमणि भण्डारीले लोकार्पित कृतिको बारेमा आफ्ना महत्वपूर्ण अवधारणाहरू पेश गरेका थिए।यसै गरि सम्मानित स्रष्टाहरूको तर्फबाट कृष्ण धराबासी र खेम नेपालीले आफ्ना भनाईहरू राखेका थिए।
धराबासीले अनेपाली भाषीहरू माझ नेपाली साहित्यलाई पुर्याई नेपाली भाषाको अन्तराष्ट्रियकरण गर्नु पर्ने कुरामा जोड दिए।गोविन्द गिरी प्रेणा,सुवासचन्द्र ढुंगेल र भवानी क्षत्रीले पनि आ-आफना रचनाहरू वाचन गरे।प्रमुख अतिथि उप्रेतीले विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको रचनात्मक कार्यको तारिफ गर्दै वांगमय उत्थानमा सबैले निस्वार्थ रूपमा लाग्नु पर्नेमा जोड दिएका थिए उनले यस कार्यको लागि प्रज्ञा प्रतिष्ठानको सदैव सहयोग र सद्भाव रहने कुरा पनि स्पष्ट पारे।
कार्यक्रममा ८७ बर्षीय गायिका आदरणीय मनमाया सिटौलाको संगिनी गीतले सबैको मन जित्यो! त्यसै गरि कोपिला सिवाकोटीले आफ्नो सुन्दर गीत प्रस्तुत गरिन।रचना वाचन गर्ने सर्जकहरू क्रमस:आस्मिता भण्डारी, राधिका दाहाल,प्रकाश शमीर,ब्रम्हप्रिय,महेश रिजाल,रूद्र अधिकारी,प्रकाश सुवेदी,निर्मल पराजुली,उर्मिला पन्त,अक्षता अधिकारी लगायतका थिए भने प्रमुख अतिथि, अतिथि कवि एवम अन्य विशिष्ट सहयोगीहरूलाई संस्थाले मायाको चिनो प्रदान गरेको थियो।
उपाध्यक्ष तेजेन्द्र प्रसाईले उपस्थित सबैलाई धन्यवाद दिंदै कार्यक्रम सफल पार्न सबैको सुन्दर भूमिका रहेको भनाई राख्दै कविता वाचन गरेर सम्पूर्ण कार्यक्रमको बिट मारे। दुई चरणमा बांडिएको उक्त कार्यक्रमको संचालन पहिलो चरणमा बरिष्ठ सदस्य अस्मिता भण्डारी र दोश्रो चरणमा महासचिव पुकार तिमिल्सिनाले गरेका थिए।कार्यक्रम व्यवस्थापनको लागि सल्लाहकार किशोर उप्रेतीले महत्वपूर्ण भूमिका निभाएका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्