Techie IT
शुक्रबार, चैत्र २८,२०८१

एसपी गुरुङको सफलता : एक क्विन्टल गाँजा सहित दुई जना पक्राउ


चितवन प्रहरीले गाँजाको तस्करीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेहरुमा राप्ती नगरपालिका ११ आँपपानी बस्ने २५ वर्षीया दोर्जे तामाङ र राप्ती नगरपालिका ११ स्थायी घर भई हाल पदमपुर बस्दै आएका २४ वर्षीया पदमबहादुर मोक्तान रहेका छन् ।

चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङका अनुसार गत, भदौ २१ गते राती साँढे एक बजे राप्ती नगरपालिकाको वर्डा नम्बर ८ स्थित दवाडी चोकमा रहेको पम्पा खोला किनारमा प्याक गरेर बेवारिसे अवस्थामा रहेको एक क्विन्टल गाँजा इलाका प्रहरी कार्यालय भण्डाराबाट गस्तीमा खटिएको प्रहरीको टोलीले बरामद गरेको थियो । सो, क्रम्मा गाँजा बरामद भएपनि अभियुक्तहरु भने कोही पक्राउ परेका थिएनन् ।

स्थानीयले दिएको जानकारी अनुसार खोजतलासमा जुटेको प्रहरीले दोर्जे र मोक्तानलाई भण्डाराबाट समात्न सफल भएको हो । घट्नास्थलमा ना.३९. प. २२५८ नम्बरको मोटरसाइल प्रयोग भएको सुुुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरुलाई बिहिबार दिउँसो पक्राउ गर्न सफल भएको जनाइएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी प्रमुख गुरुङले बताए । प्रहरी स्रोतका अनुसार राप्ती नगरपालिका १२ बस्ने मुख्य अभियुक्त बर्ष ३० का बाबुराम तामाङ भने फरार रहेका छन् । उनको पनि व्यापक खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय गाँजा खेतीविरुद्ध चितवन प्रहरी कठोर रुपमा लागे पनि यस्ले पुर्णता पाउन सकिरहेको छैनन् । हजारौंको बिघामा लगाइएको गाँजा खेती स्थानीय प्रशासनले तोड्दै आए पनि यस्ले अझै पनि निरन्तरता पाइरहेको छ । विशेष गरी राप्ती नगरपालिकाको वर्डा नम्बर ११, १२ र १३ को पहाडी क्षेत्रमा व्यपाकमात्रामा गाँजा खेती हुँदै आएको छ । चेपाङ समुदायको बाहुल्यता रहेको त्यहाँ मकै, कोदो लगायतका बालीको विकल्पमा गाँजा खेती गर्ने गरिएको छ । गाँजा खेती हुने उक्त क्षेत्रमा पुग्न मात्रै पुर्व–पश्चिम राजमार्गबाट झन्डै २ घण्टा लाग्छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545