प्रहरी कर्मचारीका गुनासो सुनुवाई गर्न नगरपालिकामा सुझाव पेटिका
"सुझाव पेटिका प्रभावकारी हुने अपेक्षा"

प्रहरीले अनावश्यक दुख दियो वा कुनै झमेलामा पार्यो ? प्रहरी कर्मचारीहरु प्रति केही गुनासो छ वा कामकार्वाही प्रति चित्त त बुझेको छैन वा प्रहरी प्रति नै शंका छ ? गैरन्यायिक तरिकाले हिरासतमा राखिएको छ की ? यदी त्यस्तो कुनै शंका लागेको छ भने अब सिधैं नगरपालिकाको उजुरी पेटिकामा गएर गोप्य तरिकाले उजुरी तथा गुनासो राख्न सक्नुहुने छ ।
बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाको अवधारणा अनुसार आज चितवनका स्थानीय तहहरूमा सुझाव पेटिका राखिएको हो । प्रहरी कर्मचारीहरुले गर्ने कामकार्वाहीका बिषयमा गुनासो तथा सुझावहरू सङ्कलन गर्न भन्दै रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिकामा आज संयुक्त रुपमा सुझाव पेटिका राखिएको हो । स्थानीय तहहरुमा सुझाव पेटिका राख्न चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङ आफैंं पुगेका थिए । उनले प्रहरीका बारेमा सुझाव, गुनासो र अपेक्षा राख्न सर्वसाधारणलाई असहज भएको भन्दै बाग्मती प्रदेश प्रहरी कार्यालयको अभियान अन्तर्गत सुझाव पेटिका राखिएको बताए ।
प्रहरीका बारेमा गुनासा, अपेक्षा र सुझावहरू परिचय गोप्य राखेर समेत पठाउन सकिने छ । उनले भने, हरेक स्थानीय तहमा सङ्कलन भएका सुझावहरूलाई स्थानीय जनप्रतिनिधिको रोहवरमा सङ्कलन गरी कामकारबाहीलाई अगाडि बढाउने बताए ।
प्रहरी प्रमुख गुरुङले नागरीकहरुबाट पृष्ठपोषण प्राप्तिका लागि नागरीक सुनुवाई कार्यक्रम, सुचना अधिकृतको व्यवस्था, सम्पर्क टलिफोन नम्बर, आधुनिक प्रबिधिहरुको प्रयोग लगायत बिभिन्न क्रियाकलापहरु संचालन गर्दै आईरहेको सन्दर्भमा नागरीकको नियमित पँहुच हुने स्थानीय निकायहरुमा प्रहरी सम्बन्धित गुनासो, सुचना तथा सुझावहरु प्राप्त गर्ने एक माध्यामको बिकाश गर्ने उद्धेश्यले स्थानीय तहमा प्रहरीसंग सम्बन्धित गुनासो तथा सुझाब पेटिका स्थापना गरिएको र यसबाट प्रहरीसंग सम्बन्धित गुनासो, सुचना तथा सुझावहरु प्राप्त भई प्रहरी सेवा प्रवाहको अवस्था, सुधार गर्नु पर्ने क्षेत्र तथा आवश्यक्ता पहिचान भई प्रहरी सेवालाई अझ सशक्त, सुदृढ र जनमुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताए । उसो, त जिल्ला प्रहरी कार्यालय चितवनले समेत कुनै पनि प्रकारको सुचना वा अपराधीक गतिबिधी भए कलर आइडी नभएको फोन नं. ०५६–५२०१५५ मा उजुरी, गुनासो दिन सकिने बताउँदै आएको छ । सो टेलिफोनमा गुनासो राख्दा फोन गर्ने ब्यक्तिको नम्बर देखिने छैन ।
त्यस्तै, आजै पुर्वी चितवनको सबै स्थानीय तहहरुमा सुझाव पेटिका राखिएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले सुझाव पेटिका राख्दै प्रहरी प्रतिका गुनासो र सुझावहरू भए निर्धक्क रूपमा राख्न स्थानीयहरूलाई अनुरोध गरेका छन । सोही अवसरमा नगर उपप्रमुख विमला दुवाडीले पनि सुझाव पेटिकाले प्रहरीलाई काम गर्न थप मार्गनिर्देश प्राप्त हुने र जनताका गुनासाहरू सहजै रुपमा समाधान गर्न सकिने बताएकी थिइन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्