गोविन्द केसीको समर्थनमा किन खुलेरै लागे नेता लक्ष्मण शाही ?
काठमाडौं ,
चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै १९ औं पटकमा जुम्लाको बाबिरा मस्टो मन्दिरमा सत्याग्रहमा बसेका डा. गोविन्द केसीको मागप्रति जुम्ला कांग्रेसका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले पनि समर्थन जनाएका छन् । केसीले यसअघि विभिन्न ठाउँ पुगेर आफ्ना माग राख्दै सत्याग्रह सफल पारिसकेका छन् ।
४ दिनदेखि जुम्लामा सत्याग्रहमा रहेका केसीलाई शाहीले त्यहीँ पुगेर समर्थन जनाएका हुन् । शाहीले केसीको माग जायज भएकाले आफ्नो तर्फबाट समर्थन जनाएको बताए । ‘उहाँले सबैका साझा मागलाई उठाउनुभएको छ, यो माग पूरा हुँदा चिकित्सा क्षेत्रमा धेरै सुधार हुन्छ र चिकित्सा क्षेत्रमा पढ्ने विद्यार्थीले पनि राहत महसुश गर्छन्’ नेता शाहीले भने ‘ सरकारले केसीको माग पूरा गर्ने त कुरै छोडौं, सुन्नै चाहेको छैन, यो दुःखद् विषय हो ।’ स्थानीय तहको निर्वाचनमा हिमा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका उनले केसीका माग नाजायज भए सरकारले कारणसहित सबै नागरिकलाई चित्तबुझ्दो जवाफ दिनुपर्ने पनि बताए ।
शाहीले सामाजिक र राजनीतिक विषयसँगै जनताका साझा समस्यालाई निरन्तर उठाइरहेका छन् । शाहीले डा. केसीको जीवन बचाउन पनि सरकारले तत्कालै पहल गर्नुपर्नेमा जोड दिएका छन् । केसी ६ बुँदे माग लिएर सत्याग्रहमा बसेका छन् । उनको समर्थनमा विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणको पनि समर्थन छ । उनले नेपालमा निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा सबैको समान पहुँचको मुद्धालाई सुरुदेखि नै प्राथमिकताका साथ उठाएका छन् । उनले २०७५ साउन १० गते आफूसँग गरिएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधनको माग पनि राखेका छन् ।
उनले विभिन्न हिमाली तथा पहाडी र दुर्गम जिल्लामा पनि अस्पताल स्थापनाका साथै चिकित्सा विद्यालय स्थापनाको माग पनि अघि सारेका छन् । केसीले सरकारको लुटतन्त्र र तानाशाही तन्त्रको पनि खुलेरै विरोध गर्दै आएका छन् । केसीले लकडाउन हटाएर अनिवार्य मास्क लगाउने, हात धुने र भौतिक दूरी कायम गर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गरएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #govinda kc
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्