Techie IT
शुक्रबार, चैत्र २८,२०८१

चितवनबाट पाँच जना जुवाडे पक्राउ


चितवन प्रहरीले पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित इन्द्र बहादुर घलानको घरमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटी गएको प्रहरी टोलीले घरधनी घलान सहित भरतपुर महानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ४५ को कृष्ण बहादुर घलान, कालिका नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३३ को बिकास गुरूङ, रत्ननगर नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ३९ को राजु पोख्रेल, नवलपरासी गैंडाकोट नगरपालिका नम्बर १ बस्ने वर्ष ३० को दिपक आचार्यलाई रु ४५ हजार ७०० नगद सहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि जुवातास सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
ट्याग : ##जुवातास


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545