Techie IT
बुधबार, माघ २३,२०८१

अव पिसिआर परीक्षण रु दुई हजारमा मात्र


काठमाडौँ, २८ भदौ ः सरकारले कोरोना भाइरसको पिसिआर परीक्षण शुल्क दुई हजार तोेकेको छ ।
मन्त्रालयले गरेको नियमित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अव सवै प्रयोगशालाले पिसिआर परीक्षणको अधिकतम शुल्क रु दुई हजारमा मात्र तोकिएको बताए ।

सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला सवैले घटेको शुल्कमा पिसिआर परीक्षण गराउनुपर्ने हुन्छ ।
उहाँले राष्टिय तथा अन्तराष्टिय बजारमा पिििसआर परीक्षणको शुल्क पुनरावलोकन गरिएकोले नेपालमा पनि शुल्क घटेको बताउनुभयो । बजारमा रिएजेन्ट र पिसिआरको अन्य सामान घटेको आधारमा परीक्षण शुल्क पनि घटाइएको उहाँले बताउनुभयो ।

यसअघि मन्त्रालयले पिसिआर परीक्षणको लागि रु चार हजार ४०० तोको थियो । त्षे भन्दा अघि पिसिआर परीक्षणका लागि मन्त्रालयले पाँच हजार ५०० शुल्क तोकेको थियो ।

नेपालमा पहिलो पटक पिसिआर परीक्षण गर्दा करिव १५ हजार खर्च लाग्ने गरेको थियो । नेपालमा दैनिक १० हजार जनाको पिसिआर परीक्षण हुँदै आएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
6:46 am5:48 pm +0545