Techie IT
बुधबार, माघ २३,२०८१

गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९०३


गण्डकी प्रदेशमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ९०३ पुगेको छ । प्रदेशमा हालसम्म ५५ हजार ७३७ जनाको पिसीआर परीक्षण गरिएकामा ५२ हजार ८३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशमा सङ्क्रमित भएकामध्ये एक हजार ८४९ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङख्या एक हजार ३० रहेको छ ।

कोरोना सङ्क्रमणका कारण हालसम्म २४ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७५७ को पिसीआर परीक्षण गरिएकामा ६८२ को रिपोर्ट नेगेटिभ आएको छ भने ७५ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३७ जना निको भएका छन् ।

प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र क्षयरोग उपचार केन्द्रमा पिसीआर परीक्षण भइरहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । –––


क्याटेगोरी : समाचार
ट्याग : #corona update, #gandaki province, #health update


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545