Techie IT
शुक्रबार, चैत्र २८,२०८१

चितवनमा थप ८७ जना कोरोना संक्रमित थपिए

"संक्रमितको संख्या १२ सय नाघ्यो"


चितवनमा एकाबिहानै थप ८७ जनामा कोरोना भाइरस (कोभिड – १९) संक्रमित थपिएका छन् ।

भरतपुर अस्पतालमा रहेको कोभिड १९ प्रयोगशालामा गएराती गरिएको ५३३ वटा नमुना रिपोर्ट मध्य ८१ वटाको रिपोर्ट पोजिटिभ आएको हो । त्यस्तै, ४४६ जनाको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् ।

डा. अधिकारीका अनुसार शनिबार कोरोना संक्रमण देखिनेमा सबैभन्दा बढी भरतपुर महानगरपालिका रहेका छन् । यहाँको वर्डा नम्बर एक, दुई, तीन, पाच, छ, सात, नौ, दस, एघार, बाह्र, पन्ध्रका ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पुरुष ५० र महिला २३ जना रहेका छन् । कोरोना संक्रमित हुनेमा तीन बर्षीया बालकदेखी ९० बर्ष उमेरसम्मका बृद्वा रहेका छन् ।

त्यस्तै, कालिका नगरपालिकाको वर्डा नम्बर दुई, सात र आठका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पुरुष ६ र महिला २ जना रहेका छन् । कोरोना संक्रमित हुनेमा १८ बर्षीया बालकदेखी ५५ बर्ष उमेरसम्मका बृद्वा रहेका छन् ।

त्यस्तै, खैरहनी नगरपालिका वर्डा नम्बर एक, का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पुरुष २ र महिला २ जना रहेका छन् । कोरोना संक्रमित हुनेमा २४ बर्षीया युवकदेखी ४८ बर्ष उमेरसम्मका बृद्वा रहेका छन् ।

त्यस्तै, रत्ननगर नगरपालिका १३ र १५ वर्डाका ११ र ४९ बर्षीया दुई महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्ल्समा कोरोना संक्रमितको संख्या १२ सय ३६ नाघेको छ । त्यस्तै, मृत्यु हुनेको संख्या जिल्लाभरी १६ जना पुगेको छ ।


क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
ट्याग : ##coronavirus


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545