वीरेन्द्र साहका हत्या पत्ता लाग्नु सकारात्मक ः महासंघ

काठमाडौ, २६ भदौ । नेपाल पत्रकार महासंघले बाराका पत्रकार वीरेन्द्रकुमार साहको हत्यामा संलग्न रही फरार रहेका अभियुक्त हरेराम पटेल १३ वर्षपछि प्रहरीले पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएकोे घटनालाई सकारात्मक रुपमा लिँदै स्वागत गर्दछ ।
२०६४ असोज १८ गते बाराको डोढियापिपरा बजारबाट अपहरणमा परेका पत्रकार साहको हत्या गरी ३५ दिनपछि कात्तिक १८ गते बाराको डुमरवान–७ स्थित जंगलमा गाडिएको अवस्थामा शव फेला परेको थियो ।
१३ वर्षपछि हत्याका आरोपी पक्राउ पर्नुले ढिलै भए पनि कानुनी न्याय प्राप्त हुने र दण्डहीनताको अवस्था क्रमशः अन्त्य हुने विश्वास महासंघको छ ।
महासंघ अभियुक्त पटेललाई कानुनले तोकेबमोजिमको पूरा सजाय दिन र हत्यामा संलग्न रही अझैं फरार रहेका लालबहादुर चौधरीसहितका व्यक्तिको खोजी कार्यलाई तदारुकताका साथ अगाडि बढाउन र कानुनी दायरामा ल्याउन सरकारसँग माग गर्दछ ।
सशस्त्रद्वन्द्वयता तत्कालीन विद्रोही र राज्य पक्षबाट ३६ जना पत्रकारको हत्या भएको छ भने ४ जना पत्रकार बेपत्ताको अवस्थामा छन् । पत्रकारको हत्यामा संलग्नहरुलाई अहिले पनि कानुनअनुसार सजाय हुन नसक्दा पीडित परिवार र नेपाली सञ्चारक्षेत्रले न्यायको अनुभुति गर्न सकेको छैन् ।
पत्रकार हत्यामा संलग्न दोषीहरुलाई कानुनी दायरामा ल्याउन, बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गर्ने र परिवारलाई न्याय दिलाउने कार्यमा महासंघ निरन्तर दबाब अभियानमा छ । यसर्थ, महासंघ पत्रकार हत्या र बेपत्ता बनाउने कार्यमा संलग्न दोषीहरुमाथि यथाशीघ्र कानुनी कारबाही गरी पीडित परिवार र नेपाली सञ्चार क्षेत्रलाई न्यायको अनुभूति दिलाउन सरकारसँग जोडदार माग गर्दछ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल पत्रकार महासंघ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्