Techie IT
शुक्रबार, चैत्र २८,२०८१

कोरोना संक्रमणबाट रत्ननगरमा एक बृद्वाको मृत्यु


चितवनको रत्ननगरमा एक बृद्वाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वर्डा नम्बर २ टाँडी निवासी ७८ बर्षिया बृद्धा रहेको अस्पताल स्रोतले जनाएको छ ।

दमको समस्याले मंगलबार अस्पतालमा भर्ना भएकी बृद्वको बुधबार दिउँसो उपचारको क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो । उपचारकै क्रम्मा मृत्यु भएपछि आज बिहान उनको चितवन मेडिकल कलेजमा स्वाव परिक्षण गर्दा (कोभिड १९) पोजिटिभ देखिएको हो । उनको शवलाई अस्पतालमै राखिएको छ । यो संगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ भने संक्रमितको संख्या एक हजार एक सय ५५ नाघेको छ ।


क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545