Techie IT
शनिबार, वैशाख ६,२०८२

भदौ २६ बाट तारकेश्वर नगरपालिकाको सम्पूर्ण सेवा सूचारु हुने


 

काठमाडौं । तारकेश्वर नगरपालिकाले यही भदौ २६ गतेबाट सम्पूर्ण सेवा सूचारु गर्ने भएको छ । सुरक्षा मापदण्ड अनुसार सेवा प्रवाह गर्ने प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद लम्सालले साझा पाना अनलाइनलाइ बताए ।

यस अघि उपत्यकाभित्रका स्थानीय तहहरूले अत्यावश्यकबाहेकका सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेका थिए । काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको संगठन ुनगरपालिका मेयर फोरमुको बैठकले स्थानीय तहका अत्यावश्यक बाहेकका सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदायस्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न स्थानीय तहहरूले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय लिएको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका, #सेवा सूचारु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545