Techie IT
बुधबार, माघ २३,२०८१

टोखा आइसोलेसनमा ५ जनाले जिते कोरोना


टोखा नगरपालिकाको टोखा चण्डेश्वरी प्राथमिक स्वस्थ्य केन्द्रको आइसोलेसनमा रहेका ५ जना कोरोना संक्रमितहरुले कोरोनालाई जितेका छन् ।

उक्त आइसोलेसन केन्द्रमा १० जना कोरोना संक्रमित रहेको केन्द्रका इन्चार्ज डा. सन्देश ढकालले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको समेत उनले बताए ।

कोरोना जीतेका ५ जनालाई दिशचार्ज गर्नेक्रममा सोमबार टोखा नगरपालिका वडा नं २ का अध्यक्ष दिपक राज जोशी वडा सदस्य द्वय हेरा काजी डंगोल र पञ्च कुमारी श्रेष्ठले बिदाई गरेका थिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #टोखा आइसोलेसन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Haze
6:46 am5:48 pm +0545