एसपी गुरुङको सफलता : सट्टेबाजी थाप्ने कार्यमा संलग्न चार जना पक्राउ
"लागूऔषध सहित दुई जना पक्राउ"

चितवन प्रहरीले (सिपिएल टी–२०) क्रिकेटमा सट्टेबाजी थाप्ने चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपुरको गैंडाकोट नगरपालिका वर्डा नम्बर २ बस्ने बर्ष २८ को सविन कँडेल, सोही ठाउँ बस्ने बर्ष ३४ को राजेश सिग्देल, भरतपुर महानगरपालिका वर्डा नम्बर ७ बस्ने बर्ष २१ को रिनाज आचार्य, र सोही ठाउँ बस्ने बर्ष २८ को सन्जिल लामिछाने रहेका छन् । उनीहरुको साथबाट प्रहरीले नगद रु. एक लाख ७२ हजार पाँच सय रुपैयाँ र सट्टेबाजीका लागी प्रयोग भएको मोबाइल समेत बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङ्गका अनुसार वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिगमा इन्टरनेट ब्राउजर डाइमन्डएक्सचेन्ज डटकम लगायत विभिन्न युआरएलहरूको समेत प्रयोग गरेर सट्टेबाजी थाप्ने कार्यमा संलग्न रहेका उनीहरुलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको बताए ।
एसपी गुरुङले भने, बिभिन्न ब्रोकर मार्फत आ-आफ्नो व्यक्तिगत खाता बनाई सोही खातामा रकम जम्मा गराई बाजी राख्ने गरेको छ भन्ने विशेष सुराकी आधारमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार र आइतबार जिल्लाको विभिन्न स्थानहरुबाट पक्राउ गरेेेको हो ।
साथै, उनले पक्राउ परेकाहरुमाथि सट्टेबाजी मुद्दा (सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्ध कसूर) मा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको समेत बताए ।
लागूऔषध सहित दुई जना पक्राउ ।
यसैबीच, चितवन प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रत्ननगर नगरपालिका वर्डा नम्बर २ बस्ने बर्ष २५ को किशोर शाह र स्याङ्जा गल्याङ नगरपालिका वर्डा नम्बर १ घर भई हाल चितवन खैरहनी नगरपालिका वर्डा नम्बर १ बस्ने बर्ष ४२ को राजेश बस्याललाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले लागूऔषध डाइजेपाम ४३ एम्पुल, फेनारगन ३८ एम्पुल, नुफिन ३९ एम्पुल बरामद गरेको छ ।
भरतपुर महानगरपालिका वर्डा नम्बर ११ भोजाड चोकमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा प्रहरी चौकी भोजाड बाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिइ शरीर खानतलासी गर्दा उनीहरुको साथबाट प्रहरीले लागूऔषध बरामद गरेको हो ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ । पछिल्लो समय निषेधाज्ञाको समयमा समेत चितवन प्रहरी अपराध र अपराधी बिरुद्व निक्कै आक्रमक देेेखिएका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
ट्याग : ##चितवन #नेपालप्रहरी, ##नान्तीराजगुरुङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्