Techie IT
आईतबार, वैशाख ७,२०८२

उपत्यकामा थपिए ४५४ जना संक्रमित


काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ४५४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

 

मन्त्रालयका अनुसार काठमाडौँमा ३८६ जना, ललितपुरमा ३२ जना तथा भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएका छन् ।

 

विहीबार काठमाडौँमा ३५७ जना, ललितपुरमा ४६ जना तथा भक्तपुरमा ४२ जनामा गरी जम्मा ४४५ जनामा संक्रमण पुष्टि भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #कोरोनाभाइरस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545