निषेधाज्ञामा चितवन प्रहरीको गुनासो : मनोबल घटाउने काम भयो
चितवन । बिश्वब्यापी महामारीको रुपमा फैंलिदै गएको कोरोना भाइरस (कोभिड – १९) को संक्रमण रोकथाम र नियन्त्रणमा सुरक्षा व्यवस्था मिलाउनेदेखि सरकारले जारी गरेको लकडाउन कार्यान्वयन गराउन समेत नेपाल प्रहरी उत्तिकै अगाडी छ ।
कोरोना नियन्त्रणका लागी सरकारले जारी गरेको लकडाउन उल्लंंघन भए/नभएको हेर्न र व्यवस्थित गर्न सुरक्षाकर्मीहरु बिहान झिसमिसे हुँदा देखी राती अवेरसम्म सडकमा तैनाथ हुन्छन् । सडकमा सुरक्षाकर्मीबाहेक अन्य कोही कमै मात्रै देख्न पाइन्छ । घर बाहिर निस्किए तीन घण्टासम्म सडकमा उभ्याएर कार्वाही गर्छन् । तर, उनीहरुसंँगै १२ घण्टासम्म खटिने प्रहरीलाई त झन के होला ?
टन्टलापुर घाम त्यहींमाथि एउटा सिठ्ठी फुँक्दै लकडाउन कार्यान्वयन गराउन खटिएका उनीहरुसंँग न पानी छ, न खाजा नै, न हातमा पञ्जा छ, न पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री नै, पिसाब लाग्यो कहाँ जाने ? यस्ता अनगिन्ती समस्याहरु छन् उनीहरुसंँग । त्यस्ता कयौं बाबजुदका बीच ओहोरात्र खटिएका छन् । यसरी सडकमा खटिएका उनीहरुसँग न खाने समय छ, न सुत्ने नै । चोकचोक र गल्लीगल्लीमा सुरक्षाकर्मीको खटाइ हेर्ने हो भने, दयनीय छ ।
नेपाल प्रहरी आफ्नु ज्यानको कुनै प्रवाह नै नगरी कोरोना रोकथाममा खटिएका छन् । आफ्नो साविक ज़िम्मेवारी वहन गर्नुको अलावा दिनरात संक्रमण फैलन नदिन जनचेतना फैलाउने देखी लकडाउन कार्यान्वयन गराउनसम्म उनीहरु डटेर अघि बढेको छ । घर परिवार देखी टाढा भएर बिदा समेत नभनी दिनरात काम गर्ने यहाँका प्रहरीहरुको समेत आफ्नै गुनासा छन् ।
निषेधाज्ञा उल्लंघन गर्न नपाएपछि प्रहरीसँग आक्रोश ।
काेरोना भाइरस संक्रमणको महामारी रोकथामका लागी गरिएको लकडाउनका बेला घरबाहिर अनावश्यक रुपमा ननिस्कन नेपाल प्रहरीले अनुरोध गर्दै आएको छ । यदी, अनुरोधको बर्खिलाप गरेको पाइए कार्वाही गर्ने चेतावनी समेत प्रहरीले पटकपटक दिंदै आएको छ । यहिं क्रम्मा केही साता अघि एक सर्वसाधरण मोटरसाइकल चढेर एटिएम गए र पैसा निकालेर आए । त्यसपछि प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै उनको सवारी रोक्छ । अनि प्रहरी र उनीहरु बीच त्यहाँ बादबिवाद सुरु हुन्छ ।
प्रहरीले जरीवाना स्वरुप चिट काट्न थाल्छ, त्यो जरीवाना प्रहरीले आफ्नु गोजी भर्न नभई संक्रमक रोग ऐन २०२० उल्लंघन गरेकोमा थियो । तर, प्रहरीले रोकेर जरिवाना काट्न खोज्दा ती युवा प्रहरीसंँग झम्टिन्छन् । यी त भयो एक प्रतिनिधीमुलक घट्ना ।
यस्तै, घट्ना एक साता अगाडी जयमंगलामा पनि भयो । त्यहाँ त प्रहरीलाई नै दोष देखाउने काम भयो । जयमंगलाका एक असईले माथिको आदेश भन्दै निषेधाज्ञा उल्लंघन गर्नेलाई कार्वाही गर्यो । तर, फलस्वरुप उनलाई बिभागले नै टेलिफोन मार्फत सचेत गरायो । बिभागले पनि सत्यतथ्य नै नबुझी स्थानीयले बिरोध गरेकै भरमा ड्युटीमा खटिएका आफ्ना कर्मचारीलाई सचेत गराउने काम गर्यो । जस्ले गर्दा प्रहरीको मनोबल बढ्ने होइन, घटाउने काम भयो । यस्ले प्रहरी संग दुश्मनी भए वा केही भए सिधैं बिभागले सर्वसाधरणले गुनासो गरें वा केही भने प्रहरीलाई नै अप्ठ्यारो परिदिन सक्ने अर्थ लाग्यो । बास्तविकता केही नबुझी कसैले भनेकै आधारमा आफ्नै समकक्षी सचेत गराउनु ‘चोरलाइ चौतारी’ सरह भएको स्थानीयको बुझाई छ ।
मनोबल गिराउने काम भयो : प्रहरी
चितवनमा कोरोना संक्रमण बढ्न थालेपछि गत, साउन ३१ गते देखी स्थानीयले प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । संक्रमणको जोखिम मोलेर दैनिक १८ घण्टासम्म ड्युटीमा खटिने प्रहरीलाई यस्तो कठिन समयमा प्रहरीको मनोबल बढाउनुपर्नेमा उल्टै केही सञ्चारमाध्यमहरुले समेत चरीत्र हत्या हुने गरेर समाचार प्रकाशित गरेको गुनासो प्रहरी भित्र सुनिन थालेको छ ।
बिना प्रमाण कसैले कसैको चरित्र हत्या गर्न पाईंदैन, चितवन ट्राफिकका एक प्रहरी भन्छन् : हामी बिरुद्व केही एक, दुई वटा अनलाइन हात धोएरै लागिपरे, बागमती प्रदेशबाट समेत छानबिन समिती गठन भयो तर, केही फेला परेनन् ।
हामीले बदमासी गरेको भए पो केही फेला पर्थ्यो, र हामीलाई कार्वाही हुन्थ्यो, उनले भने । हाम्रो बिभाग छ, त्यहाँबाट हामीले बदमासी गरेको पाइए कार्वाही हुन्छ तर, मनोबल कसैले कसैको गिराउन पाइदैन । उनी भन्छन् : पत्रकारले पत्रकारको मर्यादाभित्र रहेर काम गर्नुपर्छ । अप्रवाह खबर फैलाएर कसैले कसैको चरित्र हत्या गर्न पाईंदैन, उनी भन्छन् ।
त्यस्तै, चितवन प्रहरीका एक प्रहरीको गुनासो पनि उस्तै छ । ती प्रहरी भन्छन् : जिल्लामा निषेधाज्ञा छ । यो समयमा प्रहरीले पैसा खायो भन्नू दुखद हो । उनले प्रहरीको काम कार्वाहीलाई नै प्रभावित हुने गरेर मनगन्ते खबर प्रकाशित गर्नु, चरीत्र हत्या हुनु र त्यस्मा बिभागले समेत चासो नदिनु अत्यन्तै दुख रहेको बताए ।
हामी बिरुद्व निरन्तर मनगन्ते समाचारहरु आईरहेको हुन्छ । कस्लाई के, र कहाँ निर चित्त बुझेको हुँदैनन् । ती प्रहरी भन्छन् : यस्मा हाकिम साबले ध्यान दिनुपर्ने हो । उनले भने, हाकिम साबले हात बाँधेर बस्नु भएन अब प्रहरीका बिरुद्व आउने फेक समाचारप्रति समेत एक्सन लिनुपर्छ ।
काठमाडौं बसेर पत्रकारिता गर्नेलाइ चितवनमा हामी कसरी काम गरिरहेका छौं भन्ने थाहा हुन्छ र ? उनले भने, हाकिम साबले चाहें, सबै प्रष्ट हुन्छ । तर, उहाँहरु नै गम्भीर हुनुहुन्न, जस्ले गर्दा हामीहरु तल्लो दर्जालाई काम गर्न समेत अनेक समस्या झेल्नुपरेको छ ।
त्यस्तै, ड्युटीमा खटिएका एक प्रहरीले भने, “ प्रहरी जवान देखी प्रहरी निरीक्षकसम्मलाई यस्ता अप्रवाह खबरले धेरै गाह्रो हुन्छ । कार्यसम्पादनमा असर पर्नुका साथै, करियर समेत समस्यामा पर्छ । सडकमा खटिएका प्रहरीकै बिषयमा भ्रामक खबर सार्वजनिक भएपछि उनीहरुको मनोबलमा कस्तो असर पर्ला ? उनले भने ।
क्याटेगोरी : फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : ##चितवन #नेपालप्रहरी, ##बागमतीप्रदेश #मकवानपुर #सईराजेशयादव #नेपालप्रहरी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्