Techie IT
बुधबार, माघ २३,२०८१

२४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं, १५ भदौ । पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा महत्तरी, गोर्खा, झापा, चितवन, रौतहट र भक्तपुरका छन् । यो सँगै नेपालमा कुल मृतकको संख्या २२८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार ३ जना महिला तथा बालबालिकासहित ७ जना संक्रमितको मृत्यु भएको हो ।

यसैबीच सोमबार देशभर ८९९ जना कोरोना संक्रमित थपिएका छन् ।

११ हजार १२९ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् ।

जम्मा संख्यामध्ये पछिल्लो २४ घण्टामा काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमितको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545